चलचित्र

युद्धकविताले भावुक बनाए

काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले बर्सेनी आयोजना गर्दै आएको लोकप्रिय कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को एघारौँँ संस्करणमा युद्धसाहित्यका परिकल्पनाकार, आख्यानकार तथा कवि गणेश राई आफ्ना एक दर्जन युद्धकवितासहित प्रस्तुत भए । पूर्वी नेपालको खोटाङ स्थायी घर भई हाल पूर्वी लन्डनमा बसोबास गरिरहेका राईले युद्धसाहित्यबारे संक्षेपमा प्रकाश पारिसकेपछि कविता लेखनबारे आफ्नो धारणासहित कविता वाचन आरम्भ गरेका थिए ।  २२ सेप्टेम्बरका दिन लन्डननजिकै हाईवेकमको क्लिनउड कम्युनिटी हाउसमा आयोजित… विस्तृत समाचार

​१ नम्बर प्रदेश इलाममा गीत शिविर हुँदै

काठमाडौं ।  नेपालका गीतकारहरूको एकमात्र छाता संस्था गीतकार संघ नेपालले प्रदेश एकको सुन्दर नगरी इलाममा गीत शिविर तथा बृहत् विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।  ११ असोजमा इलाम नगरपालिकाको गौतम बुद्ध सभाहलमा प्रदेश एकका माननीय मुख्यमन्त्री शेरधन राईद्वारा उद्घाटन हुने उक्त गोष्ठीमा प्रदेशका सबै जिल्लाका प्रतिनिधि गीतकारका साथै भारतका सिक्किम, दार्जिलिङ र खर्र्साङबाट पनि सहभागिता रहने संघका महासचिव शुभ मुकारुङले जानकारी गराए । दुई… विस्तृत समाचार

​‘मान्छे कहिले नमर्ने भए’ के हुन्थ्यो ? (भिडियो हेर्नुस्)

काठमाडौं । नेपाली गायन क्षेत्रमा अर्का प्रतिभाशाली बालगायकको उदय भएको छ । उमेरले ८ वर्षका जेनिश उप्रेती निकै राम्रो गाउँछन् । उनले गाएको ‘मान्छे कहिले नमर्ने भए’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । झापा बिर्तामोडका जेनिश कुनैपनि गीत एकपटक सुनेपछि सजिलै गाउँ सक्छन । जेनिश काठमाडौंमा गीत रेकर्डिङका लागि आउँदा मिडियाले उनलाई पिछा गरेका थिए । एक दर्जनभन्दा बढी युटुब च्यानलले उनको अन्तर्वार्ता… विस्तृत समाचार

सुनखरीमा यस्तो छ निलमको रोमान्स (भिडियोसहित)

काठमाडौं । निलम रोजु राई पेसाले संगीतकार तथा गायिका हुन्  । उनी संगीतकार महिलामा अग्रपंक्तिमै पर्छिन् । यिनै संगीतकार एउटा गीतको भिडियोमा मोडलका रुपमा देखिएकी छन् । गीतकारसमेत रहेकी निलम अभिनीत ‘सुनखरी’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा उनकै स्वर तथा संगीत रहेको छ । ‘सनखरी’मा निलमले दक्षकुमार राईसँग अनस्क्रिन रामोन्स गरेकी छन् । भिडियोमा मोडलिङ गरेपछि निलमले भनिन्, ‘अभिनय मेरो… विस्तृत समाचार

​शालिकसँग सन्नी लियोनी (फोटोकथा)

काठमाडौं । पुर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीको सालिक निर्माण भएको छ । दिल्लीस्थित तुसाद म्युजियममा निर्मित उनको शालिकमा अभिनेत्री सन्नीले नै अनावरण गरेकी छन् ।  बलिउड ‘इन्ट्रि’पछि एकाएक चर्चामा आएकी सन्नीले आफ्नो सालिक अनावरण गर्दै भनिन्, ‘म निकै खुसी छ ।’ शालिक अनावर कार्यक्रममा उनी ‘ब्ल्याक गाउन’मा उपस्थित थिइन् । यसको कारण उनी शालिकमा पनि ब्ल्याक गाउनमै छिन् । उक्त  कार्यक्रममा सन्नीका पति डेनियल… विस्तृत समाचार

अमेरिकामा ‘यारी’लाई अवार्ड

काठमाडौं । बरिष्ठ छायांकारको रुपमा चिनिएका युवराज राई (विरबहादुर) निर्देशित फिल्म ‘यारी’ ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट बनेको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित फेस्टिवलमा राईद्वारा निर्देशित ‘यारी’ले  छनोटमा परेका नौ फिल्मलाई उछिन्दै ‘उत्कृष्ट फिल्म’ घोषित भएको हो । किराती राई समुदायको संस्कृति चित्रण गरेको ‘यारी’ ‘बेष्ट फिल्म’ अवार्डसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ । साथै, निर्देशक राईले ‘उत्कृष्ट क्यामेराम्यान’को अवार्डसमेत प्राप्त… विस्तृत समाचार

​राजु लामाको ‘सरसर’ (भिडियो)

काठमाडौं । लोकप्रिय लोक सांगीतक समूह ‘मंगोलियन हर्ट’का गायक राजु लामाको नयाँ गीत ‘सरसर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजुलाई गायिका रमिला ज्ञाङ्मी मगरले स्वरमा साथ दिएकी छन्् । गीतकार डीपी खनालको शब्दतथा धनु ज्ञाङ्मी मगरको संगीत रहेका उक्त गीतको भिडियोलाई सुव्रतराज आचार्याको निर्देशन गरेका हुन् । भिडियोमा अलिशा राई, गम्भीर बिष्ट र प्रकाश वस्नेतको नृत्य रहेको छ । सुरेन्द्र बस्नेतको कोरियोग्राफी रहेको यस… विस्तृत समाचार

​कारौमा झुल्यो दुर्गा र केशुको ‘बुकी फूल’ (भिडियोसहित)

काठमाडौं । गुरुङ संस्कृति तथा मौलिकता बोकेको कौरा गीत ‘बुकी फूल’ सार्वजनिक भएको छ । गायक दुर्गा गुरुङ र गायिका केशु गुरुङको स्वर रहेको ‘बुकी फूल’को राजधानीमा मंगलबार आयोजित एक समारोहबीच बरिष्ठ लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझी, पत्रकार विदुर गिरीलगायतले सार्वजनिक गरे । सार्वजनिक गीतमा शब्द गायक तथा संगीतकार रेशम गुरुङ र गायिका केशु गुरुङकै रहेको छ । लय रेशम गुरुङको रहेको उक्त गीतको… विस्तृत समाचार

​महेश–महिमाको माया जाग्यो... (भिडियोसहित )

काठमाडौ । गायक सानु  स्याङ्वा ‘ह्याल्मो’को आधुनिक गीत ‘जाग्यो यो मनमा माया जाग्यो’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सानुद्वारा स्वरबद्ध गरिएको गीतलाई उनैले लेखेका हुन् ।  एक दर्जनभन्दा बढी तामाङ सेलो तथा भाषाभाषिका गीत गाइसकेकासानुले थुप्रै नेपाली आधुनिक गीत गाएका छन् । यो उनको पछिल्लो गीत हो । उनका एक्लो एकान्तमा, यो मनले तिमीलाई मन पराइसक्यो, म त आए सुन प्रियलगायत गीतहरु चलेका… विस्तृत समाचार

​गोविन्दाले भने, ‘अलि अलि आउँछ, धेरै बुझ्छु’

काठमाडौंँ । बलिउड अभिनेता अभिनेता गोविन्दा नेपाल आएका छन् । उनी आइतबार राजधानीमा हुने ‘एलजी सिने सर्कल अवार्ड–२०७५’मा सहभागिता जनाउन यहाँ आएका हुन् ।  शनिबार काठमाडौं आइपुगेका उनीसँगै छोरी टिना पनि छिन् । बिहान साँढे १० बजे काठमाडौं ओर्लिपछि यी अभिनेताले भने, ‘नेपाल मेरो ससुराली पनि हो । मलाई सबै नेपाली आफ्नै जस्तो लाग्छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरेका गोविन्दालाई स्वागत गर्न अवार्ड… विस्तृत समाचार