मूलखबर

मलेसियामा नेपाली कामदारमाथि ज्यादती र अपमान

काठमाडौं । मलेसियाको आधुनिक पूर्वाधार निर्माणमा नेपाली युवाहरुले बगाएको रगत र पसिना ‘सर्पलाई दुध पिलाए’ झै भएको छ । सर्पलाई जति नै दुध पिलाए पनि एक दिन मालिकलाई नै डसेर मार्छ भने झै मसेसियाको आकाश छुने भवन तथा चमत्कारिक पूर्वाधार विकासमा रगत र पसिना बगाएका नेपाली युवाहरुलाई मलेसिया सरकारले अमानवीय व्यवहार गर्न सुरु गरेको छ । विश्वकै कम विकसित देशहरु मध्येमा पर्ने नेपालका जनता जीवन… विस्तृत समाचार

​पत्रकारले सुने प्रेस सल्लाहकारको गुनासो

काठमाडौं । एकथरि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भनिनेहरुले बिहानदेखि बेलुकीसम्म प्रधानमन्त्री ओलीलाई घेरेर बस्छन् । अर्काथरि प्रधानमन्त्री निकट भनिनेहरु स्वयंले प्रधानमन्त्रीसँग भेट गर्न नपाएको गुनासो गर्छन् । वास्तवमै भन्ने हो भने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालबाट प्रधानमन्त्रीकै सचिवालयमा रहेका सहयोगीहरु पीडित बन्न पुगेका छन् । रिमालले प्रधानमन्त्रीका अन्य सहयोगीलाई पंगु बनाएर राखेको कारण सचिवालय सहयोगीहरु रिमालसँग रुष्ट भएका छन् । गत साता प्रधानमन्त्रीको निजी सचिवालयका… विस्तृत समाचार

​मलेसियाको भिसा लागेका चार हजार कामदार अलपत्र

काठमाडौं । मलेसिया रोजगारीमा जान भिसा लागिसकेका ४ हजार कामदार रोकिएका छन् । मलेसिया जाने कामदारहरुसँग स्वास्थ्य परीक्षण, पासपोर्ट संकलन, फिंगरप्रिन्ट लगायतका नाममा कानुन विपरीत रकम लिएको आरोपमा मलेसिया कामदार पठाउन नेपाल सरकारले रोक लगाएको हो । अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आईएलओ) को सिद्धान्तविपरीत कामदारमाथि आर्थिक भार थोपर्ने मलेसियाको नीति परिवर्तन नगरेसम्म नयाँ कामदार नपठाउने अडानलाई नेपालले यथावत् राखेको छ । ४ बर्षअघिसम्म प्रत्येक कामदारले स्वास्थ्य… विस्तृत समाचार

कर्मचारीको पेन्सन घट्ने

काठमाडौं । अर्थ मन्त्रालयले गरेको प्रस्ताव संसदले स्वीकृत गरेमा आगामी दिनमा कर्मचारीहरुको पेन्सन घट्ने भएको छ । अर्थ मन्त्रालयले पेन्सन घटाउने प्रस्ताव अघि सारेको छ ।  संघीय निजामती ऐनमार्फत् अर्थले यस्तो प्रस्ताव गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको विधेयकमा राय मागेकोमा अर्थले पेन्सन घटाउने प्रस्ताव गरेको छ ।  तलब बृद्धि हुँदा बढाएको रकमको हाल ६५ प्रतिशत पेन्सनवालाको पनि बढ्छ… विस्तृत समाचार

​अदालत धाउँदै सचिव

काठमाडौं । सर्वाेच्च अदालतका निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको अवकाश उमेरको विषयमा ठूलै हंगामा भयो । पराजुलीले जन्म मितिसम्बन्धी दुई थरी विवरण पेश गरेका थिए । जसअनुसार उनले पछिल्लो विवरणअनुसार जागिर लम्ब्याउने प्रयास गरे । तर, पुरानै जन्म मितिअनुसार उनले गत फागुनमा आकस्मिक रुपमा विवादास्पद तरिकाले अवकाश पाए ।  त्यस्तै, विवाद यतिबेला निजामती सेवामा उठेको छ । महालेखा नियन्त्रकका रुपमा कार्यरत सचिव रामकुमार आचार्य पनि दुईवटा… विस्तृत समाचार

​वायोमेट्रिकका अभियुक्तलाई सुनपानी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदार पठाउँदा सिन्डिकेट खडा गरी बायोमेट्रिक स्वास्थ्य परीक्षणदेखि अनेक शीर्षकमा रकम असुली गर्ने भीएलएन, जीएसजी जस्ता कम्पनीहरुका संचालकलाई पक्राउ गरी ठगीमा कारबाही अगाडि बढाए पनि प्रायः सबै छुटिसकेका छन् । जीएसजीका संचालक नेपाल प्रहरीका पूर्व डीएसपी गोविन्द थपलिया हुन् । उनलाई गएको जेठ ६ गते प्रहरीले पक्राउ गरे पनि नेकपा (पूर्वएमाले)का उच्चतहका नेताहरुको दबाबमा तत्कालै… विस्तृत समाचार

​दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन ललितपुरमा जारी

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन राजधानी उपत्यकाको ललितपुरस्थित अक्षेश्वर महाविहारमा जारी छ । चार दिने सम्मेलनको शनिबार एक समारोहका बीच उद्घाटन गरिएको थियो । दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन छोकिनिमा रिम्पोछेबाट गरिएको थियो । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रा.डा. शंकर थापाले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको महत्वबारे प्रकाश पारेका थिए ।  अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा विशेष अतिथिका रुपमा भिक्षु धर्मगुप्त महास्थविर, विहारका सल्लाहकार भिक्षु गुणसागर तथा दीपक… विस्तृत समाचार

​बजेट यथार्थपरक छ, कार्यान्वयन हुने सम्भावना बढी छ : कोइराला

काठमाडौं । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक वर्ष २०७५–७६ को बजेट यथार्थपरक भएको बताएका छन् । कोइरालाले स्थिर सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भावना बढी रहेको बताए । बजेटको आकार उचित भएको बताउँदै उनले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुने जिकिर गरे । कृषि, पर्यटन, उर्जा र पूर्वाधार क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएकाले आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने कोइरालाले बताए ।  ५ लाख रोजगारी सृजना… विस्तृत समाचार

राष्ट्र बैंकको नियमन कमजोर हुँदा बढ्यो ठगीका घटना

काठमाडौं । नेपाल राष्ट्र बैैंक कमजोर बन्दा बैंक तथा वित्तिय क्षेत्रमा अराजकता बढेको छ । राष्ट्र बैंकका अधिकारीहरु निजी बैंकका सञ्चालकहरुको प्रभावका कारण बैंकिङ क्षेत्रमा अझै अनियमितता बढ्दै गएको छ ।  कारबाही गर्ने निकाय राष्ट्र बैंककै कमजोर भूमिकाका कारण बैंकिङ क्षेत्रमा अझै जोखिम बढेको हो ।  ३ वर्षअघि तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकमा एक अर्ब घोटालाले पनि यसलाई पुष्टि गर्दछ । तीन वर्षअघि भएको सो घोटालाको… विस्तृत समाचार

भृकुटी कागज घोटालामा क–कसको ल्याप्चे ?

काठमाडौं, १ जेठ । पञ्चायतकालमा नेपालको आर्थिक विकासका साथै नेपाललाई चाहिने बस्तुहरुमा आत्मनिर्भरताको लागि चिनियाँ सरकारले भृकुटी कागज कारखाना, बासबारी छाला जुत्ता कारखाना, हेटौडा कपडा उद्योग, बीरगन्ज कृषि तथा औजार कारखाना, सुनवल चिनी मिल, हरिसिद्धि इट्टा टायल कारखाना, भक्तपुर त्रिपुरेश्वर ट्रली बस, गोरखकाली टायरलगायतका दर्जनौं उद्योग उपहार स्वरुप दिएका थिए । ति उद्योगहरु राम्रोसँग चलाएको भए यसले रोजगारीका साथै आज मुलुकले कहालीलाग्दो व्यापार घाटा सहनुपर्ने… विस्तृत समाचार