संगीत

​‘तीज म्यूजिक अवार्ड’का लागि आवेदन खुला

काठमाडौं । छायाँछवि क्रियशनद्वारा आयोजित ‘पाँचौ तीज म्युजिक अवार्ड’का लागि आवेदन खुला गरिएको छ । नेपाली नारीको महान चाड तीजका अवसरमा आयोजना हुने अवार्डमा सहभागी हुन चाहने कलाकारका लागि आवेदन आह्वान गरिएको हो ।  सांस्कृतिक तथा धार्मिक आस्था बोकेको तीज पछिल्लो केही वर्षयता ‘सांगीतिक पर्व’का रुपमा समेत फस्टाएको छ । सोही अवस्थालाई मध्येनजर गर्दै पाँच वर्षयता छायाँछविले तीज म्युजिक अवार्ड गर्दै आएको हो ।  गायक÷गायिकाले… विस्तृत समाचार

​रोयल्टीमा भ्रष्टाचार

काठमाडौं । संगीत रोयल्टी संकलन समाजले गायक र संगीतकारका नाममा सार्वजनिक सवारी साधन र मोवाइलको रिङटोनमा बज्ने सीआरबीटी–पीआरबीटीबापत उठाएको रकम पारदर्शी रुपमा बितरण नगरेको आरोप छ । समाजले गायक, संगीतकार र उत्पादकलाई रोयल्टी बितरणको कुनै मापदण्ड बनाएको छैन । पैसा भने उठाएको उठायै छन् । मापदण्ड नै नबनाई बजेट संकलनमा मात्र समाजका अध्यक्ष सुरेश अधिकारी र महासचिव महेश खड्का लागेको आरोप छ । समाजले पैसा… विस्तृत समाचार

​धरानमा गुन्जियो शास्त्रीय संगीतको धुन

धरान । विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले धरानको भानुचोकमा भव्य स्टेज वनाएर ड्रम र गीतारको धुनस“गै आधुनिक र लोकगीत गाइरहेको दिन विहान ११ बजेदेखि  धरानकै सैनिक भवनमा पूर्वाञ्चलभरिका कलाकारहरुले शास्त्रीय संगीतले माहौल तताएका थिए ।  शास्त्रीय संगीत समाज नेपाल केन्द्रीय कार्यालय विराटनगरको आयोजना तथा ओशो संगीत विद्यालय धरानको सहआयोजनामा समाजको छैठौ वार्षिकोत्सव धुमधामले मनाएको छ । समाजसँग आवद्ध धरान, इटहरी, विराटनगर, इलाम,… विस्तृत समाचार

गायक शिव परियार स्वास्थ्यमा सुधार, ‘खतरा मुक्त छु’

काठमाडौं ।  गायक शिव परियार सवारी दुर्घटनामा परेर गम्भिर घाइते भएका छन् । हाल ग्राण्डीमा उपचार गराईरहेका परिवारले फेसबुकमार्फत खतरा मुक्त रहेको जानकारी दिएका छन् । साथै उनले सबै शुभचिन्तकलाई स्वास्थ्यलाभको कामना गरेकोमा धन्यवाद समेत दिएका छन् ।  आफैले चलाएको मोटरसाइललाई पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिँदा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा परेपछि उनले स्टाटस लेखेर घट्नाबारेमा जानकारी गराएका छन् । उनको स्टाटस… विस्तृत समाचार

​सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला हुने आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ४० विधामा अवार्ड प्रदान गरिने आयोजक… विस्तृत समाचार

​गायक रामचन्द्र थापाको ‘परदेशी’

काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा परदेश गएका लाखौैँ नेपाली दाजुभाईको बास्तविक कहानी समेटेर मुना मदन डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा रामचन्द्र थापाको लोकदोहोरी गीत ‘परदेशी’ को भिडियो सार्वजनिक भएको छ ।  गायिका लक्ष्मी परियार र गायक रामचन्द्र थापाको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियोमा परदेशी युवाको पिडालाई समेटिएको छ  । बाटो हेदैँ आफनो परदेश गएको छोरोको सम्झनामा बस्दैँ गएका बावु आमालाई गीतमा गाउँघरलाई सम्झिएको छ ।… विस्तृत समाचार

मिस नेपाल नर्थ अमेरिका न्यूयोर्कमा हुने

अमेरिकाको न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका हुने भएको छ । गत मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुने जानकारी दिएका हुन् ।    कार्यक्रम उन्नत  इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्ने जनाएको छ ।    ८ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन ,परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो… विस्तृत समाचार

​मेनिला राईको गीत सार्वजनिक

काठमाडौं, २६ वैशाख । चर्चित गायिका मेलिना राईको स्वरमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  प्रतिरुप एल्बममा संमावेश ‘तिमी मेरो, म तिम्रो’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो ।  कविका रुपमा परिचित दीपा राई पुनको प्रतिरुप (रिफेल्क्सन अफ लाइफ)मा एल्बममा समावेश गीत पुनको युटुयुब च्यानल मार्फत सार्वजनिक भएको हो ।   गीतमा चर्चित गायिका मेलिना राईलाई सिडि बिजय अधिकारीले साथ दिएका छन् । भने… विस्तृत समाचार

​गायक सुवासले ल्याए अमर माया

काठमाडौं, २० वैशाख । गायक सुवास लामा पाख्रिनको स्वरले सजिएको मार्मिक भाका लोकदोहोरी म्युजिक भिडियो अमर रहोस माया मा सार्वजनिक भएको छ । आइतबार सैलुङअनलाइनको युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा गायक पाख्रिनलाई गायिका निशा लामाले साथ दिएकी छन् ।  गीतसंगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त र स्टेज कार्यक्रमहरुमा छाएका कलाकार हुन् सुवास । गायक पाख्रिनको गीतमा मायाप्रीतिका शब्दहरू उनीएका छन् । एरिन तामाङ र बिनु तामाङले गरेको… विस्तृत समाचार

​चलचित्र काले दाइको शीर्ष गीत राइफलको सिरानी

काठमाडौं, १९ वैशाख । काले दाइ चलचित्रको शीर्ष गीत राइफलको सिरानी यतिबेला चर्चाको शिखरमा छ । दुई दिन अगाडि मात्र यूट्यूबमार्फत सार्वजनिक भएको चलचित्र ‘काले दाइ’को शीष गीत ‘राइफलको सिरानी’ लाई ध्रुव विस्को र सहिमा श्रेष्ठले स्वर दिएका छन् । सुमन बैरागीको शब्द र दिपक शर्माको संगीत रहेको यो गीतले यूट्यूबममा सार्वजनिक गरेको छोटो समयमा नै १ लाख ३० हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् । … विस्तृत समाचार