छरछिमेक

​चीन–अमेरिका सम्बन्ध नयाँ मोडमा, अमेरिकालाई कडा चेतावनी

काठमाडौं ।  चीन र अमेरिकाबीचको करयुद्ध नयाँ चरणमा प्रवेश गर्ने संकेत गरेको छ । चीनियाँ सेनामाथि अमेरिकाले शुक्रबार प्रतिबन्धको घोषणा गरेपछि चीनले कडा शब्दमा अमेरिकी कदमको भत्र्सना गर्दै चेतावनी दिएको हो ।  चीनले रसियासँग जहाजभेदी क्षेप्यास्त्र खरिद गर्ने निर्णय लगत्तै अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । शुक्रबारै पेन्टागनले गरेको यस्तो निर्णयको बेईजिङ तत्काल जवाफ फर्काउँदै चिनियाँ जनमुक्ति सेनामाथि लगाएको प्रतिबन्ध तत्काल फुकुवा… विस्तृत समाचार

​भारतको जवाहरलाल विश्व विद्यालयमा वाम गठबन्धन बिजयी

काठमाडौं ।  भारतका प्रख्यात जवाहरलाल नेहरु युनिभर्सिटी (जेएनयु) मा विद्यार्थी निर्वाचनमा वामपन्थीहरुले क्लीन स्वीप गर्दै आफ्नो दरिलो उपस्थिति देखाएका छन् । जवारहरलाल नेहरु विद्यार्थी युनियनको आज भएको निर्वाचनमा वामपन्थी पक्षधरले डेक्रोक्र्याटिक पक्षलाई हराउन सफल भएको भारतीय सञ्चार माध्यम टाईम्स अफ इण्डियाले जनाएको छ ।  कूल पाँच हजार एक सय ८५ भोट रहेको सो विद्यालयमा निर्वाचनको क्रममा वामपन्थी उम्मेदवार एन साई बालाजीले दुई हजार एक सय… विस्तृत समाचार

भुटानको भारतनिकट पार्टी पिडिपी मतदानमा पराजित

काठमाडौं ।  दक्षिण एसियाको स्वतन्त्र राष्ट्र भएर पनि भुटानमाथि भारतले नेपालभन्दा पनि धेरै कुरामा नियन्त्रण गरेको छ । तर, अब भुटान पुरानो भुटान नभई भारतीय औपनिवेशिकताबाट मुक्त बन्ने अभियानमा अघि बढ्ने देखिएको छ । भुटानमा शनिबार सम्पन्न भएको निर्वाचनमा भारत निकट भनि आरोप लाग्दै आएको दल पिपुल्स डेमोक्रयाटिक पार्टी (पिडिपी) आगामी पाँच वर्ष सत्ता बाहिर बस्ने निश्चित भएको छ ।  निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेले नेतृत्व… विस्तृत समाचार

​इन्धनको मूल्यबृद्धिविरुद्ध आज भारत ठप्प

एजेन्सीहरु । इन्धनको मूल्यबृद्धिको विरुद्धमा त्यहाँका २१ वटा राजनीतिक पार्टीले आह्वान गरेको बन्दका कारण आज सिंगो भारत प्रभावित भएको छ । कूल दुई अर्बभन्दा बढि जनसंख्या भएको भारतमा बन्दका कारण ठप्प छ । बन्दको प्रभाव भारतका सबै प्रान्त तथा जिल्लामा परेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको अंग्रेजी संस्करणमा उल्लेख छ ।  भारतमा पेट्रोल तथा डिजेलको मूल्य वृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेस आईलगायतका २१ वटा राजनीतिक… विस्तृत समाचार

​इमरान खान बने पाकिस्तानको प्रधानमन्त्री

एजेन्सीहरु । पाकिस्तानका चर्चित क्रिकेट खेलाडी इमरान खान देशको २२ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आम निर्वाचनमा पाकिस्तानमा पुराना राजनीतिक दलहरुलाई पाखा लगाउँदै क्रिकेटका हस्ती खान अन्ततः पाकिस्तानको प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन् । नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै खान पाकिस्तानका २२ औं प्रधानमन्त्री बनेका हुन् । खान १७६ मतका साथ प्रधानमन्त्री चुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले… विस्तृत समाचार

बाजेपेयीको पाऊमा प्रधानमन्त्री मोदीले यसरी झुकाए शिर

काठमाडौं ।  हिजो निधन भएका भारतका पूर्व प्रधाधनमन्त्री अटल बिहारी बाजपेयीको पार्थिक शरीरमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् ।  पार्टी हेडक्वाटरमा विहान ११ः२५ बजे शव राखेपछि पहलो पुष्पगुच्छा अर्पण गर्दै प्रधानमन्त्री मोदीले पाऊमा आफ्नो शीर झुकाएर भावपूर्ण श्रद्धान्जली अर्पण गरेका हुन् । सेतो रंगको पुष्पगुच्छा अर्पण गरेपछि मोदीले पाऊ नजिकै शिर पुर्याए अनि झुकाए । लगत्तै उठेर… विस्तृत समाचार

​भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

काठमाडौं ।  भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको बिहिबार निधन भएको छ । ९३ बर्षिय बाजपेयीको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स) मा  निधन भएको हो । दुई महिनाअघि एम्ममा भर्ना भएका बाजपेयी किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित थिए । भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भए । सन् १९९६ मा १३ दिन, १९९८–१९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म… विस्तृत समाचार

​सार्वजनिक कार्यक्रममा भेनेजुएलाका राष्ट्रपतिको हत्या प्रयास

एजेन्सीहरु । अमेरिकी साम्राज्यवादका विरुद्धमा शसक्त प्रतिवाद गर्दैै आएको भनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सार्वजनिक कार्यक्रममा ड्रोन बम आक्रमण गरी हत्या प्रयास गरिएको छ ।  भेनेजुएलाको राष्ट्रिय सेनाको ८१ औं स्थापना दिवसको अवसरमा सार्वजनिक स्थलमा आयोजित कार्यक्रममा सम्बोधन गरिरहेको समयमा बिस्फोटक पदार्थले भरिएको ड्रोनमार्फत गरिएको आक्रमणमा राष्ट्रपति मादुरो सकुशल छन् । घटना केही सैनिकहरु घाइते भएको तस्विर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।  त्यहाँका सञ्चार… विस्तृत समाचार

​भारतीय प्रम मोदीविरुद्ध संसदमा अविश्वास प्रस्ताव

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले आज संसदमा दर्ता गराइएको अविश्वासको प्रस्तावको सामना गर्दैछन् । तल्लो सदन लोकसभामा सरकारविरुद्ध तेलगु देशम पार्टी (टीडीपी)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि त्यहाँको छलफल सुरु भएको छ । मोदीको पक्षमा अविश्वासको प्रस्ताव असफल बनाउन स्पष्ट मत पुग्ने भएपनि नैतिकताको कसीमा आज मोदीले आफ्नो काम र पदको बचाउ गर्नुपर्ने अवस्थामा पुगेका छन् । बुधबार संसदको वर्षे सत्रको पहिलो दिन टिडिपीका… विस्तृत समाचार

माल्दिभ्समाथि भारतको नाकाबन्दी, खाद्यान्न आपूर्ति बन्द

काठमाडौं ।  दक्षिण एसियामा आफ्नो प्रभुत्व र व्यापारिक एकाधिकार कायम गर्न जस्तोसुकै अमानवीय कार्य गर्न तयार रहेको भारतले छिमेकी मुलुक माल्दिभ्समाथि अघोषित नाकाबन्दी लगाएको छ ।  नयाँ संविधानमा भारतीय स्वार्थको सम्बोधन नभएको भन्दै २०७२ सालमा चार महिना १९ दिनसम्म नेपालमाथि नाकाबन्दी लगाएको भारतले अहिले चिनसँग नजिक भएको अभियोगमा माल्दिम्समाथि निर्यात हुने खाद्यान्न कटौती गरेको छ ।   पछिल्लो समय माल्दिभ्समा नयाँ राजनीतिक परिवर्तन आएको छ ।… विस्तृत समाचार