पश्चिम

​घोराही सिमेन्टद्वारा करोडौंको चुनढुंगा तस्करी

बुटवल । जनताको लोकप्रिय सरकारका कुनै कुनै मन्त्रीको धन्दा रहस्यमय रहेको खुलासा भएको छ । मन्त्रीकै संरक्षणमा उनका कार्यक्रताले बषौ देखि तस्करीलाई ब्यबसायका रुपमा दिइरहेका छन् । एक वर्ष पहिले भैरहवा भन्सार कार्यालयमा, भन्सार अधिकृत मानप्रसाद बिकलाई प्रयोग गरेर, तस्करीमा सेटिङ मिलाउने वर्षमान पुन यतिबेला फेरि गृहजिल्लाकै तस्कर समूहसँग मुछिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता यतिबेला ऊर्जा, सिचाई तथा जलस्रोत मन्त्री बनेका वर्षमानको… विस्तृत समाचार

​सुकिदहका स्याउ कृषकलाई, गाउँपालिकाले पनि हेरेन

रोल्पा । स्याउ भन्ने बित्तिकै धेरैले भारतको सिम्लालाई सम्झिन्छन्, जहाँ हजारौं नेपालीहरु स्याउ टिप्न, ओसारपसार गर्न र ठेकेदारी गर्नको लागि हरेक वर्ष जाने गर्छन् । रोल्पाकै सुकिदहमा राम्रै प्रजातीका स्याउहरु फल्छन् । स्याउ त फल्छ तर प्रचार–प्रसार र स्थानीय तहको वेवास्ताका कारण पनि यस क्षेत्र ओझेलमा परेको छ । रोल्पाको सुकिदह गाउँपालिका जिनावाङमा किसानको बारीभरी लटरम्म स्याउ फलेका छन् । बारीमा स्याउ भए पनि किसानको… विस्तृत समाचार

​छविलाल पौडेल निर्दोष छन्, बिना सर्त रिहाई गर्नुपर्छ : फुजेलका सचेत नागरिक तथा परिवार

काठमाडौं । गोरखा फुजेलका सेचत नागरिक तथा परिवारले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाईको माग गरेका छन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालमा फुजेल, गोरखाका सचेत नागरिक परिवारले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन । पर्शुराम पौडेलले पे्रस विज्ञप्ती वाचन गर्दै कारागारामा रहेका छविलाल पौडेललाई तत्काल रिहाई गर्न माग गरे ।  उनले भने, ‘छविलाल… विस्तृत समाचार

​डेढ सय वर्षपछि सदरलाइन...

लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर  आए । ‘म त स्थानीय । नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’, उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार फेर्न’ एशियाली विकास वैंक (एडीबी) को सहयोगमा नगरभित्र सडकको स्तरोन्नतिसँगै ढल निकासको कामहरु थालिए ।  यही अभियानमा जोडियो, नेपालगंजको मुटु सदरलाइन विस्तार । जसलाई व्यवस्थित गर्दा नेपालगञ्जीयाको ‘सान’ बढ्छ भन्नेमा नेता, कर्मचारी, स्थानीय अगुवा सबैको… विस्तृत समाचार

​आफ्नै सहकर्मीले बलात्कारपछि लिए मायाको ज्यान

धनगढी । यौनको आवेगमा एउटा निर्दोष महिलामाथि एकान्त जंगलमा पाँच जनाले पशुवतशैलीमा यौन प्यास मेटाएपछि हत्या गर्छन् भन्ने कल्पनाभन्दा बाहिरीको कुरा हो । झट्ट सुन्दा फिल्मी कथाजस्तै लाग्ने यो धनगढीको सत्य घटना हो । जो एक अवला नारी आफ्नै सहकर्मीबाट सामुहिक बलात्कारपछि हत्या गरिएकी छन् । घटना १२ असारको हो । १२ गतेदेखि बेपत्ता पारिएकी कैलाली गौरीगंगा नगरपालिका ११ स्थित जहरी कटानकी २१ वर्षीया माया… विस्तृत समाचार

​सरसफाइमा आएको जागरण

नेपालगञ्ज –१२ बेलासपुरका चिडिमारहरु एक वर्षअघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । बस्तीमा एक सय घरधुरी थिए । कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्, ‘धेरै त बस्ती नजिकैको खेतमा दिशा गर्न जान्थे । कतिले नजिकै नालामै दिशापिसाब गर्थे । टोल नै दुर्गन्धित हुन्थ्यो ।’  नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घरघरमा शौचालय बनाइयो । वयोबृद्ध देवीदिन चिडिमार भन्छन्, ‘अहिले खुला ठाउँमा कसैले दिशापिसाब गर्दैनन् । वस्तीमा… विस्तृत समाचार

​सरकारको कर्णाली विरोधी नीति

सरकारले आर्थिक वर्ष २०७०-०७१ देखि लागू गरेको कर्णाली किसानको कृषि उत्पादन खरिद गर्ने सरकारी कार्यक्रम आर्थिक वर्ष ०७५÷०७६ को बजेटबाट हटाएको छ । नेपाल खाद्य संस्थानबाट कर्णाली क्षेत्रका कृषि उत्पादन खरिद गरी काठमाडौसम्म ल्याई बेच्नको लागि भनेर सरकराले ढुवानीमा अनुदान दिँदै आइरहेको थियो । जुन काम सरकारले ग¥यो त्यो काम सिंगो कर्णालीका किसानको हितमा छैन । कर्णालीमा उत्पादन गरेका कृषि उत्पादनलाई बजारीकरण गरी कर्णाली क्षेत्रलाई… विस्तृत समाचार

​बंगलादेबाट फर्कियो प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डल

काठमाडौँ । बंगला एकेडेमी, बंगलादेशको निमन्त्रणामा साहित्यिक आदान प्रदानका लागि ढाका गएको नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक प्रतिनिधि मण्डल पाँच दिने भ्रमण पूरा गरी राजधानी फर्किएको छ । उक्त प्रतिनिधि मण्डल गत बुधबार ढाकातर्फ प्रस्थान गरेको थियो ।  प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीको नेतृत्वमा सद्भाव भ्रमणमा गएको प्रतिनिधि मण्डलमा प्राज्ञ परिषद्का सदस्यहरू प्राज्ञ प्रा. दिनेशराज पन्त र प्राज्ञ नर्मदेश्वरी सत्याल तथा प्राज्ञसभाका सदस्यहरू प्राज्ञ धु्रव… विस्तृत समाचार

जुम्लामा अनसन बस्न खोजेका डा. केसीलाई प्रहरी अबरोध

काठमाडौं । काठमाडौं उपत्यका केन्द्रीत मेडिकल शिक्षालाई देशैभरि विस्तार गर्नुपर्ने मागसहित अनसन बस्न लागेका डा. गोविन्द केसीलाई स्थानीय प्रहरीले अबरोध गरेको छ । स्थानीय प्रशासनले भने डा. केसीको अनसनमा राजनीतिक घुसपैठ भएको आरोप लगाएको छ । अनसनस्थलमा सयौंको संख्यामा स्थानीयबासीहरु समेत भेला भएपछि घुसपैठ भएको स्थानीय प्रशासनले आरोप लगाएको हो । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न खोजेको डा. केसीलाई प्रहरीले अबरोध गरेको… विस्तृत समाचार

​भत्ता नदिने र एनजिओको भत्ता बहिस्कार गर्ने कर्णाली सरकारको निर्णय

सुर्खेत । सुरुदेखि नै गैर सरकारी संस्थाको विरोध गर्दै आएको कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले कुनै पनि सरकारी कार्यक्रमका सहभागीलाई भत्ता नदिने तथा एनजिओले दिने भत्ता बहिस्कार गर्ने निर्णय गरेको छ ।  शनिवार बिहान सुर्खेतमा भएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला… विस्तृत समाचार