राजनीति

​पूर्व प्रधानमन्त्री नेपाल र भारतका पूर्व प्रधानमन्त्री देवेगौडाबीच भेटवार्ता

काठमाडौं ।  पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र भारतका पूर्व प्रधानमन्त्री एचडी देवगौडाबीच आज भेटवार्ता भएको छ ।  तीन दिने नेपाल भ्रमणको क्रममा रहेका भारतीय पूर्व प्रधानमन्त्री एचडी देवगौडाको सम्मानमा पूर्व प्रधानमन्त्री नेपालले आयोजना गरेको ब्रेकफास्ट भेटवार्तामा द्धिपक्षियत हितका विषयमा छलफल भएको जनाइएको छ । निजि भ्रमणको क्रममा नेपाल आएका ८५ वर्षिय पूर्व प्रधानमन्त्री देवेगौडा सन् १९९६ मा १० महिना भारतको प्रधानमन्त्री बनेका थिए ।  विस्तृत समाचार

​संसदमार्फत प्रम ओलीको प्रतिबद्धताः नयाँ मुलुकी ऐनका कमजोरी संशोधन हुन्छ

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितालाई लिएर सरकारको आलोचना गर्नु औचित्यहीन भएको भन्दै त्यसमा रहेको कमी कमजोरी सच्याउन सरकार तयार रहेको प्रष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले नयाँ मुलुक ऐनमा केही कतै भएका गल्ती कमजोरी सच्याउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।  साथै प्रधानमन्त्री ओलीले अघिल्लो कांग्रेस नेतृत्वको सरकारको  पालामा संसदबाट पास भई उतिबेलै राष्ट्रपतिले लालमोहोर लगाएको ऐनको सम्बन्धमा वर्तमान सरकारमाथि गाली गलौज… विस्तृत समाचार

​विवादपछि कांग्रेस केन्द्रीय समितिको बैठक तीन घण्टा पर सर्यो

काठमाडौं ।  आज विहान ११ बजेको लागि तोकिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक विवादका कारण केही पर सरेको छ । विहान ११ बजेको लागि तोकिएको बैठकमा भाग लिन अधिकांश केन्द्रीय सदस्यहरु पार्टी मुख्यालय सानेपा पुगिसकेको आपसी सहमति हुन नसक्दा अहिलेसम्म सुरु हुन सकेको छैन ।  महासमितिको बैठकको मिति तय घोषणा गर्ने, व्यवस्थापनलगायतका बिषयमा छलफल गर्ने एजेण्डा रहेको बैठक समयअभावको कारण ढिलाई भएको पार्टी प्रबक्ता… विस्तृत समाचार

​छ महिनामा सुशासन र विकासको आधारशिला तयार भयोः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको छ महिना पूरा भएको छ ।  गत वर्षको फागुन ३ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालको छ महिनामा विदेश नीतिको जग बसेको, सुशासन र विकासको आधारशीला तयार भएको दावी गरेका छन् ।  प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक ट्वीटरमार्फत ट्वीट गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले यही आधारमा अघि बढ्ने र… विस्तृत समाचार

​कांग्रेसका सयौं नेता कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौं ।  नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रति आम अन्य दल तथा फरक आस्था राख्नेहरुको आकर्षण बढ्दै गएको देखिएको छ । आज केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।  राजधानी काठमाडौंकै कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । काठमाडौं क्षेत्र नं. ५ बाट नेकपा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल… विस्तृत समाचार

​सडकबाट कांग्रेसले भन्यो, ‘संविधान मिच्न पाइदैन’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन र सभाहरु गरेर सरकारको विरोध गरेको छ । राजधानी काठमाडौंमा आयोजित सभालाई  सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरुले संविधान नमिच्न सरकारलाई चेतावनी दिएका छन् । यद्यपि कांग्रेसले संविधानको कुन धारा मिचेको भनेर स्पष्ट आरोप भने लगाउन सकेन । साथै उसले संविधान कार्यान्वयनप्रति जिम्मेवार बन्न सरकारलाई चेतावनी दिएको छ । मंगलबार ७७ वटै जिल्लामा सरकारविरुद्ध र्याली, जुलुस,… विस्तृत समाचार

​ बालुवाटारमा शुरु भयो नेकपाको सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको तेस्रो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अहिले केही बेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा वसीरहेको छ । पार्टीका महासचिव विष्णु पौडेलका अनुसार पार्टी स्थायी समितिको बिहीबार बस्ने बैठकको तयारीका गर्ने समेत जनाईएको छ ।  सचिवालय बैठकमा प्रधानमन्त्री आओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा छलफल हुने… विस्तृत समाचार

​राजपा सरकारमा जान तयार ! महन्तले मागे सभामुख

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा सहभागी हुन तयार रहेको सो पार्टीका बरिष्ठ नेताले जनाएका छन् । साथै उनले त्यसको लागि अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरलाई सभामुख पद दिनुपर्ने शर्त अघि सारेका छन् । राजपा नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढिमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । उनले भने, ‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग सम्वाद जारी… विस्तृत समाचार

​स्थीरता, समृद्धि र सुशासन अबको मूलमन्त्रः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुकको एजेण्डा स्थीरता, समृद्धि सुशासन भएको बताएका छन् ।  राजाधानीमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,‘स्थरता, समृद्धि र सुशासन राष्ट्र, जनता र सरकारको मूलमन्त्र हो ।’ प्रचण्डले यी तीनै चिजलाई सँगसँगै अघि बढाउनुपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘स्थीरता, समृद्धि र सुशासन एउटा मात्रै  भएन भने… विस्तृत समाचार

​नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दल दर्ताको पत्र

काठमाडौं ।  निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दल दर्ताको पत्र दिएको छ । बिहिवार एक कार्यक्रमका बीच प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले दल दर्ताको पत्र दिएका हुन् । दल दर्ताको पत्र लिन नेकपाका महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य देव प्रसाद गुरुङ, सुवास नेम्वाङ तथा केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठ पुगेका थिए ।  निर्वाचन आयोगले दिएको पत्रमा नेपालको संविधानको धारा २६९ बमोजिम दर्ता… विस्तृत समाचार