पूर्व

बसन्तपुर–गुफा सडकखण्ड : कुर्दै २६ वर्ष वित्यो, अझै खच्चरकै भर

तेह्रथुम । जिल्लाको पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड स्थानीय बासिन्दाको सपनामै सिमित हुँदै आएको छ । यो सडकखण्ड शिलान्यास भएको २६ वर्ष  बितिसक्दा पनि बन्न सकेको छैन ।  सडक नबन्दा यहाँका बासिन्दा खच्चडकै भरमा छन् । सडक बनेपछि ट्रकले गाउँसम्म खाद्यान्नलगायत उपभोग्य वस्तु बोकेर ल्याइदिन्छ भन्ने सपना देख्दादेख्दै गाउले थाकिसकेका छन् । आफ्नै गाउँमा गाडी गुडेको सपना देख्दै गाउँलेले सडक खन्न थालेको… विस्तृत समाचार

सौर्य एयरलाइन्जको जहाजमा चरा ठोक्कियो

काठमाडौं । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चरासँग जहाज ठोक्किएर ग्राउण्डेड हुने समस्यापछि अब बिराटनगरमा पनि त्यस्तो समस्या देखिएको छ । आज काठमाडौबाट बिराटनगर आउँदै गरेको सौर्य एयरलाइन्ससँग चरा ठोक्किन पुगेको छ । सोमबार दिउँसो विराटनगर आउने क्रममा जहाजमा चरा ठोक्किएको विमानस्थलले जानकारी दिएको छ ।  चरा ठोक्किए पनि जहाज सकुसल अवतरण गरेको छ । जहाजलाई विमानस्थलमा ग्राउण्ड गराइएको छ । विमानमा सामान्य क्षति भएको विराटनगर विमानस्थलले… विस्तृत समाचार

​पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न थप ६ खर्ब लाग्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका बाँकी कामहरु सम्पन्न गर्न करीब ६ खर्ब रुपैयाँ थप लाग्ने बताउनुभएको छ ।  अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरुसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालु आर्थिक वर्षभित्रसम्ममा पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब खर्च रुपैयाँ खर्च हुने उल्लेख गर्दै आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको… विस्तृत समाचार

​पूर्वी पहाडी जिल्ला अन्धकार

इलाम । पुर्वका केही पहाडी जिल्लामा अन्धकार बनेको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएपछि अन्धकार भएको हो । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको छ ।  इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार… विस्तृत समाचार

​पंगु बन्यो संसदीय सुनुवाइ समिति

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित ओमप्रकाश मिश्रका विरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी परेको थियो । उनका विरुद्ध ४ वटा उजुरी परेकोमा एउटा उजुृरी उजुरीकर्ताले फिर्ता लिइसकेका छन् । बाँकी ४ वटा उजुरीमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा भएको अनियमितता सम्बन्धी छ । ललितपुर बागडोलका बिष्णकुमार गिरीले दिएको उजुरीमा नन्दकिशोर सिंह सहितका ब्यक्तिले १० देखि १५ लाख रुपैयाँ घुस लिएर प्रश्नपत्र र… विस्तृत समाचार

​फ्रेन्डस सर्भिस काउन्सिल २७ औ बर्षमा, डा. कोइरालाको नेतृत्वमा नयाँ बोर्ड

काठमाडौं । विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको फ्रेन्डस सर्भिस काउन्सिल नेपाल २७ औ बर्षमा प्रवेश गरेको छ । यस अबसरमा संस्थाले शनिबार आफ्नो २० औ साधारणसभा तथा ८ औ महाधिवेशन गरेको छ ।  प्रदेश नम्बर ३ का सांसद माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बार्षिक सामाजिक लेखा परिक्षणसमेत गरिएको थियो । साधारण सभामा सस्थामार्फत संचालानामा रहिरहेका प्रगति परियोजना, खानेपानी तथा सरसफाई परियोजना, जीविकोपार्जन… विस्तृत समाचार

तीज खर्चको विरोध गर्दै पुरुषले निकाले अर्धनग्न जुलुस

झापा । पशुमाथि भइरहेको हिंसाको विरोधमा केही दिनपहिले सिंहदरबार अगाडि नाङ्गो विरोध प्रदर्शनपछि पक्राउ परेर रिहा भएका झापाका विकेन लिम्बूको नेतृत्वमा तीजको विरोध गर्दै भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरिएको छ ।  भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ स्थित पृथ्वीनगर निवासी लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् । लिम्बू नेतृत्व चेतनशील युवा समूहका युवाहरुले भद्रपुर… विस्तृत समाचार

काठमाडौँ महानगरपालिकाको विकासमा सहयोग गर्ने जाइकाको प्रतिवद्धता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर शाक्य र जाइकाका प्रतिनिधिबीच भेट वार्ता भएको छ । नेपालमा स्थायी सरकार गठन भएसँगै विदेशी दाताहरु पनि नेपालको विकासमा सहयोग गर्न ईच्छुक देखिन थालेका छन् ।  काठमाडौँ महानगर पालिकाको विकासका लागि समेत विदेशी दाताहरुले सहयोग गर्न आफूहरु तयार रहेको भन्दै चासो व्यक्त गर्न थालेका छन् ।  जापान इन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाइका) का नेपाल प्रमुख साखूमा जूनसहितको टोलीले काठमाडौँ महानगरपालिकाका मेयर… विस्तृत समाचार

​सहिदका सपना साकार पार्ने प्रचण्डको प्रतिबद्धता

सिन्धुली ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र संघर्षमा सहिदले बगाएको रगतको भावना अनुसार उनीहरुको सपना साकार पार्ने प्रतिबद्धता जनाएका छन् । १४ औं विशाल–कुमार स्मृति दिवसमा सिन्धुलीको मरिनमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले महान् सहिदको त्याग र तपस्याबाट परिवर्तन सम्भव भएको विचार व्यक्त गरे । उनले सहिदको योगदानले देशमा लोकतान्त्रिक गणतन्त्र आएको बताए । उनले भने, ‘उहाँहरूको बलिदानी निरंकुश राजतन्त्रको अन्त्य गर्न सकिएको हो ।’… विस्तृत समाचार

​टिपर लियो दाजुभाईको ज्यान

धनुषा । टिपरले ज्यान मार्न छाडेको छैन । बुधबार पनि पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको धारापानीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुवै जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका… विस्तृत समाचार