साहित्य

​दुई दशकदेखि कलामा जम्दै

काठमाडौं । स्याङजाबाट कला अध्ययन गर्न आएका देवेन्द्र थुम्केली चाँडै नै कलाक्षेत्रमा आफूलाई अब्बल बनाउन सफल भएका छन् । उनको लगनशीलताका कारण उनी करीब दुई दशकभन्दा बढी कलापत्रकारिता, चित्रकारिता, कलाअनुसन्धान  कार्टुनलगायतमा क्षेत्रमा पोख्त भएका छन् ।  गाउँमा कलाको वातावरण नभए पनि कलामा सानै उमेरदेखि भएको रुचिले देवेन्द्रलाई राजधानी छिर्न बाध्य बनायो । काठमाडौँ आउनासाथ यहाँको महङ्गी र पढाइको खर्च जोहो गर्न स्कूल पढाउने र पत्रपत्रिका… विस्तृत समाचार

​‘महिला गीतकार सम्मान’बाट खत्री सम्मानित

काठमाडौं । साहित्यकार गीता खत्रीलाई बुधबार ‘महिला गीतकार सम्मान’बाट सम्मानित गरिएको छ । महिला गीतकार संघ नेपालले विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको अवसरमा राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा सम्मान समारोह २०७५’ का अवसरमा साहित्यकार तथा गीतकार खत्री सम्मानित भएकी हुन् । उनलाई वरिष्ठ साहित्यकार भद्रकुमार घले, महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारी र संघका प्रमुख संरक्षक उन्नती बोहोरा ‘शीला’ले… विस्तृत समाचार

‘अश्वेत’ नाटक सङ्ग्रह विमोचित

काठमाडौं ।  रङ्गकर्मी राम के.ए.सी.द्वारा लिखित कृति ‘अश्वेत’ नाटक सङ्ग्रहको सार्वजनिकीकरण गरिएको छ ।  काठमाडौँ रविभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)मा एक कार्यक्रमको आयोजना गरी पुस्तकको सार्वजनिकीकरण गरिएको हो ।  अतिथिहरू प्रा.डा. व्रतराज आचार्य, प्रा.डा. सुरेन्द्र के.सी., वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, आख्यानकार नीलम कार्की ‘निहारिका’, वरिष्ठ रङ्गकर्मी विजय विष्फोट, संस्कृतिकर्मी एवं राजनीतिकर्मी मणि थापा, नाथमका कार्यकारी निर्देशक दुर्गाभक्त ढकाल, नाथमका विभागीय प्रमुख केशवप्रसाद… विस्तृत समाचार

​बलात्कारः एक नियमित शृङ्खला

के यहाँका पुरुषहरू यति कमजोर भइसके जो नभएको आफ्नो बल निकालेर अनमोल शुक्राणु फाल्छन् के यी लोग्नेमान्छेहरू त्यति कायर भइसके जो बाटो ढुकेर । झ्याल फोरेर कामुकता पोख्छन्  वा यी कुकर्मी बनेर विरुपाक्षसँग दिनहुँ सङ्गत गर्छन् ? ती हनुमान होइनन्, ती भीमसेन होइनन्,  ती हर्कुलस पनि होइनन् त ती आफ्ना घीनलाग्दा बल कहाँबाट  निकाल्छन् ? कापुरुष एक जनावर हो जोसँग सिङ हुँदैन, पाशविक हतियार हुन्छ … विस्तृत समाचार

​प्रज्ञाको कुलपतिमा उप्रती र सदस्यमा उपाध्याय नियुक्त

काठमाडौं ।  प्रधानमन्त्री  तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले डा.गंगा प्रसाद उप्रेतीलाई आगामी चार वर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । यसैगरी, सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गरेका छन् । उप्रेती यस अघि पनि सोही पदमा कार्यरत थिए । प्रधानमन्त्री ओलीले उपकुलपति डा.उप्रेतीलाई आजै… विस्तृत समाचार

​भाषा बिगार्नेलाई नै भाषा शाखाको जिम्मेवारी दिन चलखेल

काठमाडौं । २०६९ सालमा नेपाली भाषाको वर्ण विन्यास बिगार्नेखेलमा महत्वपूर्ण भूमिका खेलेका एक कर्मचारीलाई पुनः पाठ्यक्रम विकास केन्द्रको भाषा शाखाको जिम्मेवारी दिन चलखेल शुरु भएको छ ।  कक्षा १ देखि १० सम्म नेपाली भाषा माध्यमका पाठ्यपुस्तकमा ‘वर्णविन्यास’ परिवर्तन गर्ने नाममा २०६९ साउनमा कर्मचारीको टिप्पणी फाइलका भरमा पहिलाका वर्णविन्यास परिवर्तन गरिएको थियो । तर, पछि भाषाविद्हरुले यसमा चर्काे विरोध गरेपछि शिक्षा मन्त्रालयले सो गल्ति सच्याउन बाध्य… विस्तृत समाचार

माधव घिमिरेको छलाङ

श्याम रिमाल । नेपाली साहित्यका भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, माधव घिमिरे र भूपी शेरचनबारे सानामा थाहा पाइसकेका थियौँ ‘महेन्द्रमाला’मा तिनका पद्य वा गद्य रचनाका कारणले । यसरी हामीले साहित्यकार नामसम्म चाहिँ जानेका थियौँ । त्यतिबेला पुस्तकमा फुटकर कविताका रचयिताको परिचय दिने चलन थिएन । खासमा माधव घिमिरेलाई चिनेको चाहिँ  ‘गाली गर्दैन सारङ्गी झुटो बोल्दैन बाँसुरी छ सङ्गीत तिमीभित्र मीठो बोल सधैँभरि  तारा… विस्तृत समाचार

अंग्रेजीमा 'कुटनीतिमा ३० वर्ष'

काठमाडौं । फ्रान्सका लागि नेपाली पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठद्वारा लिखित ‘कुटनीतिमा तीन दशक’ पुस्तकको अंग्रेजी संस्करण विश्व बजारमा पुगेको छ । लण्डनको ओलम्पिया पब्लिसर्सले प्रकाशित गरेको उक्त पुस्तकको मूल्य १६.९९ पाउण्ड राखिएको छ । अमेजन डटकमले यस पुस्तकको बिक्री वितरण गरेको छ । पाँच सय चार पृष्ठको अंग्रेजी संस्करण नेपाली संस्करणभन्दा परिमार्जित भएको लेखक श्रेष्ठले बताए ।  श्रेष्ठका अनुसार यो पुस्तक अरविक भाषामा अनुवाद भइरहेको… विस्तृत समाचार

युद्धकविता सुन्दा रोए दर्शक–श्रोता

काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले बर्सेनी आयोजना गर्दै आएको लोकप्रिय कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को एघारौँँ संस्करणमा युद्धसाहित्यका परिकल्पनाकार, आख्यानकार तथा कवि गणेश राई आफ्ना एक दर्जन युद्धकवितासहित प्रस्तुत भए । पूर्वी नेपालको खोटाङ स्थायी घर भई हाल पूर्वी लन्डनमा बसोबास गरिरहेका राईले युद्धसाहित्यबारे संक्षेपमा प्रकाश पारिसकेपछि कविता लेखनबारे आफ्नो धारणासहित कविता वाचन आरम्भ गरेका थिए ।  २२ सेप्टेम्बरका दिन लन्डननजिकै हाईवेकमको क्लिनउड कम्युनिटी हाउसमा आयोजित… विस्तृत समाचार

​मौसम, मन्दिर र मान्छेहरु

श्याम रिमाल । अठ्सठ्ठी सालको पुस महिना हुनुपर्छ, धुलिखेल जिविसमा  एक सरकारी कामका लागि गएको थिएँ । अल्छीलाग्दो काम, जाडो त्यतिकै । हरेक दिन घरबाट धाउनुपर्ने, सरकारी काम चाँडो सक्नुपर्ने । जसोतसो काम त सकियो, तर नजिकैबाट शान्ति वनस्थित बुद्धको दर्शन गर्ने धोको भने पूरा हुन पाएको थिएन । जिविसबाट हरेक दिन देखिने पहेंलो बुद्ध, मनोहरकारी थिए । मैले रात्रिकालीन आफ्नो कार्यालयको काम पनि नछाडेकाले… विस्तृत समाचार