सम्पादकीय

​सरकारलाई विश्वबैंकको सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक बन्दै आएका छन्, ‘राजनीतिक परिवर्तनको एउटा चक्र पूरा भयो । अब आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नुछ ।’ हुन पनि राजनीतिक परिवर्तन त्यतिबेला मात्र दिगो हुन सक्छ, जतिबेला आमजनताले आर्थिक रूपमा त्यसको लाभ लिन पाउँछन् । २००७ सालयता नेपालमा पटक पटक राजनीतिक परिवर्तन भए पनि आमजनताले आर्थिक लाभको अनुभूति गर्न नपाउँदा कुनै पनि परिवर्तन दिगो बन्न सकेनन् । तमाम संघर्षका बाबजुद… विस्तृत समाचार

​चियापानको सन्देश

नेपालीहरूको महत्वपूर्ण चाड दसैँ सकिएको छ । तिहार, नेपाल संवत्, छठ लहरै आउँदैछन् । आउन लागेका कतिपय चाडले भातृत्वको महत्ता दर्शाउँछन्, कतिपयले आत्मशुद्धी त कतिपयले समाजलाई एउटै सूत्रमा बाँध्ने सन्देश बोक्छन् । यि सन्देश हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको उन्नयनका निम्ति अनिवार्य मानिन्छ । जनताको सुख र राष्ट्रको समृद्धिको सपना साँच्ने राजनीतिक दलका निम्ति  पनि यस्ता पर्वका सन्देशले निकै महत्व राख्छन् । विशेषतः एउटा… विस्तृत समाचार

​समतामूलक दसैँको पक्षमा

 हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा महत्वपूर्ण चाड दसैँ भित्रिसकेको छ । धार्मिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा यो पर्व मनाउने गरिन्छ । यसको सांस्कृतिक पक्ष अझ विशाल छ । भिन्नभिन्न भाषा, जाति वा भूगोलका नेपालीलाई एकआपसमा जोड्ने बलियो कडीका रूपमा यो पर्व रहँदै आएको छ । धनी गरिब यसभित्रका केही कुरीतिलाई छाड्दिने हो भने दसैँ भातृत्व विकास, सामाजिक सद्भाव र पारस्परिक प्रेम विकासको एउटा महत्वपूर्ण माध्यम… विस्तृत समाचार

​मधेसको चिन्ता

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा प्रधानमन्त्री केपी ओलीले यसैसाता अमेरिकाको न्युयोर्कमा पनि घन्काए । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न सरकार पूर्णतः प्रतिबद्ध रहेको बताए । तर, पछिल्ला केही महिना यताका घटनाक्रम र गतिविधिले प्रधानमन्त्रीको भनाइलाई केवल दावीमा सीमित गरिदिएको छ । यति ठूलो जनमत र भरोसा बोकेको बलियो सरकार ६ महिनामै आलोचना खेप्न बाध्य… विस्तृत समाचार

​नेकपाको हस्ताक्षर अभियान के का लागि ?

दुईतिहाइ बहुमतसहित संघीय सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यतिबेला आफ्ना सांसदहरूका हस्ताक्षर संकलन गरिरहेको छ । कतिपय सांसदले दिएको जानकारीअनुसार हस्ताक्षर गराइएको कागजमा कुनै विवरण उल्लेख छैन । अर्थात्, प्रयोजनसमेत गोप्यराखी खाली कागजमा सांसदका हस्ताक्षर लिइएको छ । केही समयदेखि सञ्चारमाध्यमहरूमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउने तयारीमा सत्तारुढ दल रहेका खबर आइरहेका छन् । त्यसैले ती हस्ताक्षर त्यही प्रयोजनका… विस्तृत समाचार

​प्रेस स्वतन्त्रता र ओली सरकार

दृष्टिको इतिहासले देखाउँछ, दृष्टिको जन्म समाजमा व्याप्त असमानता, विभेद र राज्यदमन अन्त्य गर्न, राज्यतहमा बसेकाहरूका बदमासी पर्दाफास गर्न भएको छ । त्यसैले हामीले हाम्रो पहिलो अंकदेखि यो मिसन पूरा गरिरहेका छौँ । पञ्चायतको कालरात्रिमासमेत अडिग भई जनताको पक्षमा कमल चलाएका हाम्रो निष्ठा न कसैको किन्न सकेको छ न प्रहरीका जेल र नेलको धम्कीले हामीलाई गलाउन सकेको छ । पत्रकारिताको धर्म पूरा गर्ने अविराम यात्रामा दृष्टि… विस्तृत समाचार

​नेपाल–चीन सम्बन्धमा नयाँ मोड

नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौता अन्तर्गत हुन लागेको प्रोटोकल (कार्यविधि) मा रहने बुँदाहरुमा दुवै देशका बीचमा सहमति भएको छ । प्रोटोकलमा रहने बुँदाहरुमा सहमति भएपछि नेपालले उत्तरी छिमेकी देश चीनका विशाल र अत्याधुनिक बन्दरगाहरु भएर तेस्रो मुलुकसँग आयात–निर्यात गर्ने ढोका औपचारिक रुपमा खुल्ला भएको छ । भारतीय नाकाबन्दीका बीच चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २०७२ चैत्र ८ गते चीनसँग ऐतिहासिक… विस्तृत समाचार

​अन्योलमा अर्थतन्त्र

वर्तमान अर्थमन्त्रीले गत चैत १६ गते श्वेतपत्र जारी गर्दै देशको अर्थतन्त्र टाट पल्टने स्थितिमा रहेको तथा ढुकुटी रित्तो रहेको बताएका थिए । तर हालै एक कार्यक्रममा उनले भने– ‘नेपालको इतिहासकै लगातार दुई वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल भयो, यसले हामीलाई छिटो विकास गर्ने एउटा स्पाइरल खडा गर्दैछौँ, हामी माथि जाँदैछौँ ।’ उनले लगातार दुई वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल भएकोले हामी… विस्तृत समाचार

​पूरक बजेटको प्रतिक्षा

केपी शर्मा ओली नेतृत्वको सरकार अहिले गम्भीर मोडमा उभिएको छ । गत असोजमा नेकपा एमाले र माओवादी केन्द्रका बीच पार्टी एकता गर्ने प्रतिवद्धतासहित चुनावी तालमेलको घोषणा भएपछि जनतामा स्थिर सरकार र आर्थिक क्रान्तिको आशा जागेको थियो । यी दुबै पार्टीले स्थिर सरकार र तीब्र आर्थिक विकासको बाचा गर्दै भोट मागेको थियो । जनताले पनि यी दुई पार्टीको संयुक्त आह्वानलाई विश्वास गरेर प्रतिनिधिसभामा करीब दुईतिहाइ मत… विस्तृत समाचार

नयाँ मुलुकी ऐनहरु र जनआकांक्षा

जंगबहादुरले नेपालमा लिखित ऐनहरुको परम्परा शुरु गरे । त्यो बेला शुरुवातमा ती कानुनहरुको संग्रहलाई आइन, अ‍ैन, ऐन आदि मात्रै भनिएको थियो र पछि मुलुकी ऐन भनिन थालियो । त्यसपछिका राणा शासकहरुले जंगबहादुरले व्यवस्थित गरेका ती लिखित ऐनहरुलाई मौखिक आदेशहरुबाट परिवर्तन परिमार्जन गर्दै लगे । सात सालको क्रान्तिपछि पनि यसमा परिवर्तनहरु गरिए । पञ्चायती व्यवस्थाको ३० वर्षे समयमा मात्रै ९ पटकसम्म संशोधन गरियो । ०४६ सालको… विस्तृत समाचार