खेल

हङकङसँग हार्‍यो, नेपालको एसिया कप सपना अधुरो

काठमाडौं । एसिया कप छनोट क्रिकेटअन्तर्गत अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको एसिया कप खेल्ने सपना अधुरै बनेको छ । नेपालको ९५ रनको झिनो लक्ष्य हङकङले ३३औँं ओभरमा ७ विकेट गुमाएर पुरा ग¥यो । हालै मात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल… विस्तृत समाचार

‘कुनै खेलाडी जापान गएका छैनन्’

नेपाल मार्सल आर्ट सेल्फ डिफेन्स संघका बारेमा गएको अंकमा दृष्टि साप्ताहिकमा प्रकाशित समाचार सत्य नभएको स्पष्ट पार्न चाहन्छौं । संघ ३ बर्षदेखि दर्ता भएर मार्सल आर्टसका क्षेत्रमा काम गर्दैआएको छ । दृष्टिमा भनेजस्तो संघबाट जापानमा मार्सल आर्टस खेलमा भाग लिन खेलाडीलाई भिसा प्राप्त भएको थियो । तर संघका विरुद्ध राष्ट्रिय खेलकुद परिषद्मा भ्रमपूर्ण सूचना दिएकाले सदस्य सचिव केशव बिष्टलाई गुमराहमा पार्न खोजेका थिए । संघबाट… विस्तृत समाचार

​नेपालद्वारा हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्र्तगत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो ।  अनिलकुमार साहले १५, अरिफ शेषले १८ र कप्तान पारस खड्काले १४ रन बनाउनुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन… विस्तृत समाचार

​एसिया कप छनोटमा नेपालको दोस्रो जित, छनोटको सम्भावना कति ?

काठमाडौँ, १७ भदौ।  एसिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। दोस्रो जितसँगै नेपालले नेट रनरेटमा पनि सुधार गरेको छ तर फाइनलमा पुग्न अरुकै खेलमा निर्भर हुनुपर्ने छ।   आइतबारको खेलमा सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २९ औं ओभरमा ६ विकेट गुमाउँदै प्राप्त गरेको हो। जितसँगै नेपाल चौथो स्थानमा छ। नेपालले सुरुवाती दुई खेलमा ओमान र यूएईसँग पराजित… विस्तृत समाचार

​सिंगापुरसँग नेपाल चार विकेटले विजयी

काठमाडौं । एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो ।  नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४÷१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए ।  मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ… विस्तृत समाचार

​नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बंगलादेश फुटबल महास्रघले आइतार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।  पाँचौँ संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बंगलादेशको राजधानी ढाकामा हँदैछ । नेपाल बङ्गबन्धु कपको अघिल्लो संस्करण सन् २०१६… विस्तृत समाचार

रोनाल्डो र सलाहलाई पछि पार्दै सर्वोत्कृष्ट खेलाडी बने लुका मोड्रिच

काठमाडौं , १५ भाद्र । क्रोएसियालाई विश्वकप फुटबलको फाइनलमा पुर्‍याउन महत्वपुर्ण योगदान दिएका मिडफिल्डर लुका मोड्रिच युरोपको वर्ष खेलाडी घोषित भएका छन्। सन् २०१३ मा फ्रांक रिबेरीले जितेपछि यो अवार्ड लिओनल मेस्सी र रोनाल्डो मध्ये एकले जितेका थिए । तर, मोडरिकले रोनाल्डो र मेस्सीको दवदबा तोडेका छन् । रियलले लगातार तीन सिजन च्याम्पियन्स लिग जित्दा मोडरिक र रोनाल्डो दुबै टिममा थिए a।  उनले विश्वकपमा गोल्डेन… विस्तृत समाचार

युएईसँग नेपाल ७८ रनले पराजित

काठमाडौं । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १७६ रनमा समेटियो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि बुधबार भएको पहिलो… विस्तृत समाचार

​एसिया कप छनौटमा ओमनसँग हार्यो नेपाल

काठमाडौं ।  एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले ओमानसँग ७ विकेटको हार व्यहोरेको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भएपछि नेपालले हारेको हो ।  विस्तृत समाचार

एसियाडमा नेपालले जित्यो एउटा पदक

जकार्ता । इण्डोनेसियामा १८ औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले अन्ततः एक पदक हात पार्न सफल भएको छ । नेपालले आशा गरेको कराँते, तेक्वाण्डो इत्यादि खेलमा पराजित भएपनि प्याराग्लाइडिङ सम्बन्धी खेलमा भने नेपालले एउटा रजत पद हात पार्न सफल भएको हो । प्रतियोगिताको १२ औं दिनसम्म विभिन्न खेलमा सहभागी जनाएको नेपालले बल्ल एउटा पदक हात पार्न सफल भएको हो । यद्यपि सो सम्बन्धमा आधिकारिक निर्णय भने… विस्तृत समाचार