कुराकानी

​प्राइमको सफलतामा नारायणदासको सूत्र

गत वर्ष नेपाल बैकर्स संघका अध्यक्ष अनिल शाहले एक कार्यक्रममा भनेका थिए– ‘म जस्तो होइन, बैंकको सिइओले काम गर्ने भनेको नारायणदासजीले जसरी गर्नुपर्छ ।’ प्राइम बैंकको केन्द्रीय कार्यालयको उद्घाटन तथा एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा २०७४ मा प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको प्रशंसा गर्दै बैंकरहरुले उनीहरुबाट धेरै कुरा सिक्नुपर्ने शाहको भनाइ थियो ।  ‘म धेरै ठाँउमा गएर बोलिरहेको हुन्छु, नारायणदासजी बसेर काम गरिरहनुभएको छ,… विस्तृत समाचार

नबिलका कार्डवाहकलाई दीर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रमा विषेश छुट

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द«मा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रबीच सम्झौता भएकोे छ । उक्त सम्झौता बमोजिम दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई  बहिरंग बुक, डाक्टर बहिरंग शुल्क, चिकित्सकीय सामग्री, बाह्य प्रयोगशाला परीक्षण, खोप प्रक्रियाहरू र… विस्तृत समाचार

​ग्लोबल आइएमईको थप ६ शाखारहित बैंकिङ सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत साता थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मसिंर १९ गते बुधबारदेखि डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. २, चमडामा १०५औँ र सोही दिन अजयमेरु गाँउपालिकाकै वडा नं. ६, देवलमा १०६औँ, मसिंर २० गते बिहीबार देखि बैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं. ४, बसालीमा १०७औँ र सोही दिन दोगडाकेदार गाँउपालिकाकै वडा नं. २, काफलकोट बडीयामा… विस्तृत समाचार

अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बा सहकारी : मन्त्री नेपाल

काठमाडौं । प्रदेश नं. ३ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुणकुमार नेपालले अर्थतन्त्रका तीन खम्बामध्ये सहकारी एक खम्बा भएको भन्दै सहकारीले बचत संकलन गर्ने र ऋण दिने मात्रै नभएर अब उत्पादनशील क्षेत्रमा पनि सहकारी लाग्नुपर्ने बताए । काठमाडौँको महावौद्धस्थित द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री नेपालले ‘तीनखम्बे अर्थनीतिमा सहकारी सबल खम्बा बन्दै गएको… विस्तृत समाचार

​एकै दिन माछापुच्छरे बैंकको तीन नयाँ शाखाको शुभारम्भ

काठमाडौं । माछापुच्छरेबैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले २०७५ साल मंसिर २१ गते मकवानपुरको हेटौंडा उप–महानगरपालिकास्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिकास्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ । हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जयमुकुन्द खनाल र हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले संयुक्त रुपले गर्नुभयो । त्यसैगरी इच्छाकामना शाखा कार्यालयको… विस्तृत समाचार

​इ–नेबललाई सेञ्चुरी बैंकको सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपांग दिवसको अवसर पारेर बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इ–नेबल नेपाल नामक संस्थालाई सहयोग गरेको छ । बैंकले प्राकृतिक, भवितव्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरूलाई चलायमान कृत्रिम हात निर्माण र जडान गर्न २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । इ–नेबल नेपाल लामो समयदेखि यस्तो सामाजिक र्कायमा सक्रिय रहेको छ । यस व्यवस्थाबाट हात गुमाएका बालबालिकाहरूलाई पुनः आफ्नो अध्ययनलाई… विस्तृत समाचार

​एफएनसिएसआई र एनएमबि बैंकबीच वित्तीय साक्षरता कार्यक्रमको सहमति

काठमाडौं । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआई) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । बैंक र संगठनबीच भएको सम्झौता अनुसार बैंकसँगको सहकार्यमा संगठनले आफ्ना ४५ हजार सदस्यबीच वित्तीय साक्षरता कार्यक्रम  सञ्चालन गर्नेछ ।  वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरूको पक्षमा केन्द्रित हुने बताइएको छ, जहाँ यस कार्यक्रमअन्तर्गत सहभागी प्रशिक्षार्थीहरूलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र स्रोतको अधिकतम… विस्तृत समाचार

​मैत्रीय बचत तथा ऋण सहकारीको ११औँ वार्षिक साधारणसभा

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले वित्तीय क्षेत्रमा सहकारीको योगदान उच्च रहेको प्रस्ट पारेका छन् । पूर्वप्रधानमन्त्री चन्दले मुलुकमा सञ्चालित सहकारीले आर्थिक क्षेत्रमा रचनात्मक काम गर्दै गएको जिकिर गरे । भक्तपुरको बालकोटस्थित मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभाको गत शनिबार उद्घाटन गर्दै उनले अर्थतन्त्रमा सहकारी मोडेल प्रभावकारी भएको दाबी गरे । बजारमा छरिएर रहेको सानो–सानो पुँजीलाई जम्मा पारेर सदस्यको जीवनस्तर उकास्ने कार्य सहकारीले… विस्तृत समाचार

​माछापुच्छरे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीचबैंकास्योरेन्स सम्झौता

काठमाडौं । माछापुच्छरे बैंक र सानिमा जनरलइन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छरे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथासानिमा जनरलइन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार अब माछापुच्छरे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालयलगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा सानिमा जनरलइन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बंैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड,… विस्तृत समाचार

​ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई बैंकले आव २०७४/०७५ मा २ अर्व १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ को ३०७ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृति पश्चात आव २०७४/०७५ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश (बोनश शेयर)  वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी १०… विस्तृत समाचार