टिप्पणी

​डा. केसी प्रकरणमा सरकार किन मौन ?

वद्रीविनोद प्रतीक । डा. गोविन्द केसी यतिबेला जुम्लामा गएर अनसन बसेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा अनसनरत केसीको स्वास्थ्य यतिबेला बिग्रदै गएको कुरा सार्वजनिक भएको छ । उनका मागहरूको समर्थनमा प्रमुख प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता  सडकमा उत्रेका छन् । विवेकशील साझा पार्टीले त घोषितरूपमै सडक तताएको छ । आन्दोलनबाट टाढा रहेको जुम्ला पनि यतिबेला प्लेकार्डमा देखिएको छ । डा. केसीको समर्थनमा सडक… विस्तृत समाचार

​स्वास्थ्यकर्मीलाई धम्कीको भाषा

शम्भु श्रेष्ठ । जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको मागलाई लिएर नेपाल चिकित्सक संघले विभिन्न राजनीतिक दलका नेता भेटेका छन् । चिकित्सा शिक्षा विधेयक सर्वसाधारण जनताको हितमा भन्दा मेडिकल माफियाको हितमा ल्याइएको भन्दै १४ दिनदेखि डा. केसी जुम्लामा अनसनरत छन् । दिनहुँ अखबारमा डा. केसीको स्वास्थ्य स्थिति गम्भीर भएको उल्लेख गरिए पनि सरकार भने डा. केसीको स्वास्थ्यप्रति गम्भीर देखिएको छैन । सरकारको यस्तो रवैयाप्रति सिंगो… विस्तृत समाचार

​कहिल्यै अनसन बस्न नपरोस्

शम्भु श्रेष्ठ । सदन र सडकमा प्रतिपक्ष नेपाली कांग्रेसले डा. गोविन्द केसीको समर्थनमा बोल्यो भन्दैमा उनीमाथि कांग्रेसको एजेन्डा बोक्यो भनेर आरोप लगाउनु केसीमाथि अन्याय हुनेछ । लोकतन्त्रमा  समर्थन र विरोध गर्ने अधिकार नेपाली कांग्रेसका लागि मात्र होइन, हरेक सचेत नागरिकमा सुरक्षित हुन्छ । त्यही सचेत नागरिकको नाम हो डा. गोविन्द केसी । स्वास्थ्य क्षेत्रमा चरम लापरवाहीका कारण सर्वसाधारणले अकालमा ज्यान गुमाइरहेका छन् । देशैभरिका अस्पतालमा… विस्तृत समाचार

​चर्चामै रमाइरहेका छन् मन्त्रीहरु

‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भन्दा यो के भनेको होला भनेर अचम्भ लाग्थ्यो । अहिले बुझ्दै छु कुरा ठिकै रहेछ । प्रधानमन्त्री केपी शर्मा ओली नेपालको इतिहासकै सबभन्दा शक्तिशाली प्रधानमन्त्री हुन् । उनले चाहेको ‘सुखी नेपाली र समृद्ध नेपाल’ हाम्रै जुनीमा सम्भव छ । यस नारालाई नारा मात्र बनाउने कि व्यवहारमा पनि उतार्ने भन्ने कुरा  प्रधानमन्त्री र उनको मन्त्रिमण्डलमा भर पर्दछ । यतिबेला सरकारमा दुईधारवाट आएका… विस्तृत समाचार

​रवि लामिछानेकै प्रसंग

भोलि सर्वोच्च अदालतमा एउटा महत्वपूर्ण मुद्दाको पेशी तोकिएको छ । एक वर्षअघि अग्राधिकार पाएको यो मुद्दा प्रेस काउन्सिलसंग सम्वन्धित रहेको छ । प्रेसजगत् राज्यको चौथो अंग हो । यो मान्यता विश्वव्यापी नै छ । प्रेसजगत्को हकहितको रक्षाको निम्ति पत्रकारहरूकै साझा संगठनहरू खुलेका छन् । प्रेसजगत्को हकहित र प्रेसजगत्लाई नै अनुगमनमा राखेर यसलाई आचारसंहिता पालन गराउन प्रेस काउन्सिल भन्ने संस्था पनि नेपाल सरकारले गठन गरेको छ… विस्तृत समाचार

​प्रेस काउन्सिल र रवि लामिछाने

‘मुडाको मुख झिझाले बाल्छ’ भन्थे । के भनेका होलान् जस्तो लाग्दथ्यो । अहिले प्रेस काउन्सिल नेपालको नेतृत्व माथि रवि लामिछानेले नैतिकताको प्रश्न उठाएपछि यो विषय बहसको विषय बनेको छ । जसका विरूद्ध कावा अध्यक्षबाहेक काउन्सिलकै पदाधिकारीसमेत बोल्न सकिरहेका छैनन् । मर्दा पर्दा समेत साथ दिन नसक्ने काउन्सिल सदस्यहरूदेखि समग्र पत्रकारहरू दुःखित भएका छन् । यतिबेला नेपाली सञ्चार  माध्यमहरूमा के–के आउँछन भन्ने बारेमा प्रेस काउन्सिल जानकार… विस्तृत समाचार

​एकेडेमीका सइ अख्तियारको फन्दामा

काठमाडौं, ५ असार।  प्रहरी एकेडेमीमा कार्यरत एक सइविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ।   सइ सुरजप्रसाद ज्ञवालीविरुद्ध मुद्दा दायर भएको हो। नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको खुलेपछि मुद्दा दायर भएको हो।  उनले प्रहरी भर्नामा माध्यामिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणासीबाट प्राप्त गरेको इन्टरमिडियट तह पास गरेको भन्दै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा… विस्तृत समाचार

प्रदेशको बजेटले ल्यायो देशैभरि उत्साह

अहिले देशैभरि बजेट बनाउने चटारो छ । संघीय सरकारले बजेट प्रस्तुत गरेपछि सातवटै प्रदेश सरकारले आ–आफ्नो बजेट प्रस्तुत गरिसकेका छन् । सबै प्रदेशको बजेट समीक्षा गर्न त सम्भव छैन तर मोटामोटी बजेटको दिशा कस्तो छ भनेर आँकलन गर्न सकिन्छ र त्यस आधारमा स्थानीय तहलाई केही कुरा सुझाउन सकिन्छ ।  प्रायः सबै प्रदेशले कृषि उत्पादनलाई प्राथमिकतामा राखेका छन् । जस्तो कि १ नं. प्रदेशमा ‘एक स्थानीय… विस्तृत समाचार

​लाजमर्दो सार्वभौम संसद्

विशाल छेत्री । संविधानसभाका दुवै कार्यकालमा दाताको अत्यधिक हिमचिम र प्रभावका कारण आलोचित मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था यतिखेर फेरि पुरानै गल्ती दोहो¥याउँदै छ । संसद सचिवालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले संघीय संसदका सदस्यहरुलाई संसद कसरी चल्छ, सांसदहरुको केकस्तो प्रस्तुति हुने गर्छ जस्ता सामान्य विषयमा जानकारी गराउन पनि मुलुकको हरितन्नम अनुहार विश्वसामु प्रदर्शन गरिदिए । भलै हाम्रो राष्ट्रिय क्षमता यो हदसम्मको गएगुज्रेको नहोस् ।… विस्तृत समाचार

समाजवाद उन्मुख बजेटले उत्साह जगाउन सकेन

बहुमत प्राप्त कम्युनिष्ट सरकारको यो बजेटलाई धेरैतिरबाट उत्सुकतापूर्वक हेरिएको सन्दर्भमा यसले आलोचना र प्रशंसा दुवै पाएको छ । सामान्यतः सत्ता निकटले समर्थन गर्ने र प्रतिपक्षले विरोध गर्ने परम्परा नेपाली राजनीतिमा देखिएकै हो । तर अहिले अलिक फरक छ । निश्चयनै यो बजेट सुन्दै आकर्षक छैन । विगतमा कतिपय बजेट सुन्दै आकर्षण हुने गर्दथे । यसअघि एमाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेटलाई केही कांग्रेसकै नेताले पनि… विस्तृत समाचार