पर्यटन

​१२ औं शैक्षिक परामर्श (ईक्यान) मेला

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै १२ औं राष्ट्रिय शैक्षिक परामर्श (ईक्यान) मेला बिहीबारदेखि राजधानीमा सुरु भएको छ । एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरुको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिनका लागि मेलाको आयोजना गरिएको हो । ४ दिनसम्म अर्थात् साउन ६ गतेसम्म चल्ने मेलाको एक समारोहका बिच आज उदघाटन गरिएको छ । मेला उदघाटन गर्दै परराष्ट्र मन्त्री… विस्तृत समाचार

​इक्यानको १२ औं वृहत शैक्षिक मेला ३ साउनदेखि

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ बृहत् शैक्षिक मेला ३ साउनदेखि सुरु हुने भएको छ । विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरूको शिक्षा प्रणाली र अवसरका बारेमा एकै ठाउँमा जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरेको इक्यानले जनाएको छ । भृकुटीमण्डपमा सञ्चालन हुने मेला ६ साउनसम्म सञ्चालन हुनेछ ।  इक्यानले हिजो मंगलबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी भएको जनाएको छ । सम्मेलनमा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले… विस्तृत समाचार

​मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन । इच्छाकामना गाउँपालिका अन्तर्गत कुरिनटारमा रहेको मनकामना केबुलकारले निरन्तर चौथो वर्ष उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्स) पाएको छ । विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रीप एड्भाइजरले सेवाग्राहीको मूल्यांकनको आधारमा मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र दिएको हो । सेवाग्राहीहरुको मूल्यांकन (रिभ्यु) को आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकोले मनकामना केबुलकारलाई सर्टिफिकेट अफ एक्सीलेन्स प्रदान गरिएको ट्रीप एड्भाइजरले जनाएको छ ।… विस्तृत समाचार

​जापान उडानको तयारीमा नेवानि

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना जहाजका लागि ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा उपलब्ध गराउन सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । निगमले ग्राउन्ड ह्यान्डलिङसँगै त्यहाँ जहाज मर्मत र इन्जिनियरिङ सेवासमेत उपलब्ध गराउने गरी आइतबार सार्वजनिक प्रस्ताव आह्वान गरेको हो । सम्बद्ध कम्पनीले १५ दिनभित्र प्रःताव पेस गर्ने म्याद निगमले दिएको छ । ‘आगामी भदौ १६ बाट असोज १४ गतेभित्र काठमाडौंबाट सिधा जापानको राजधानी… विस्तृत समाचार

​कामीरिताको कथा संकलनमा बृज सिमेन्टले सघाउने

काठमाडौं  । २२औं पटक सगरमाथाको सफल आरोहण गरेका कामीरिता शेर्पालाई बृज सिमेन्टले बधाई ज्ञापन गरेको छ । बृज सिमेन्ट र पुष्पतारा केडिया सेवा संस्थाले काठमाडौंमा विशेष कार्यक्रमका बीच सम्मान गरेको हो । साथै शेर्पाले सन् २०१९ मा सगरमाथा वरिपरिका बस्तीहरुमा यात्रा गरी सो हिमाली भेगका कथाहरु संकलन गर्ने उद्देश्य लिएकाले त्यसमा पनि बृज सिमेन्टले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । खासगरि शेर्पा समूदायको सांस्कृतिक, आर्थिक,… विस्तृत समाचार

​वाइडबडीले काठमाडौंमा टेक्यो

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज ए ३३०–२०० गत बिहीबार त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको धावनमार्गमा अवतरण गर्दा सिंगो नेपालीको मन खुशीले गद्गद् भयो । नयाँ जहाज हेर्न एयरपोर्टमा सयौंको भीड जम्मा भयो । संसारभरका सञ्चार माध्यममा नेपाल वायुसेवा निगमको समाचारले प्रमुखता पायो । हुन पनि निगमले खरिद गरेको जहाज नआउने भनेर धेरै पत्रपत्रिकाले निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई खेदिरहेको थियो । तर, दृढ विश्वासका साथ… विस्तृत समाचार

​सञ्चारमन्त्री बाँस्कोटाले गरे एम सान एक्सचेन्जको उद्घाटन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी विभिन्न निर्देशन दिएका छन् । असार १६ गते सम्पन्न सो निरीक्षण भ्रमणको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले, ‘सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट योगदान गर्नु पर्छ र गुणस्तर, राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधैँ एक नम्बरमै भइरहनु पर्छ’ भने । उनले ‘स्मार्ट… विस्तृत समाचार

कतार वायुसेवाको स्पेनको मलागा उडान सुरु

काठमाडौं । विश्वका धेरै सम्पर्क माध्यम विकास गरेको कतार एयरवेजले स्पेनको मलागामा पनि उडान सुरु गरेको छ । कतार वायुसेवाले नेपालमा १९९५ देखि दैनिक उडान सुरु गरेको हो । अब नेपालीहरुले पनि कतार एयरमार्फत युरोपको स्पेन जान सक्ने भएका छन् । नेपाल सहित विश्वका १५५ शहरमा नियमित उडान गरिरहेको कतार एयरवेजले युरोपियन देश स्पेनको पर्यटकीय स्थल मलागासम्म उडान गन्तव्य विस्तार गरेको बिज्ञप्तिमार्फत जनाएको छ ।… विस्तृत समाचार

​नेपाल एयरलाइन्सले भित्र्यायो ‘ए ३३०–२००’ सिरिजको वाइडबडी विमान

काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक ‘ए ३३०–२००’ सिरिजको वाइडबडी विमान नेपाल भित्र्याएको छ । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर… विस्तृत समाचार

शिक्षाको आवरणमा फस्टाउँदै व्यापार

काठमाडौं । माझीले भेलबाढी आएको मौका छोपेर कुलोमा नै डोकोले माछा छोपेझै यतिबेला शैक्षिक संस्थाहरु भेलबाढी छोप्न सक्रिय छन् । शनिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजाले करिब साढे तीन लाख नयाँ विद्यार्थी तथा तिनका अभिभावक शैक्षिक व्यापारीको फन्दामा पर्दैछन् । सेवाको नाममा जुत्ता, ड्रेस, बेल्ट, ब्याच, टाई, किताब, कापी, डटपेन समेतको व्यापार गर्न पल्केका शैक्षिक व्यापारीहरुलाई अबको केही सयम फुर्सद निकाल्न मुश्किल… विस्तृत समाचार