वाचडग

​विश्व बैंकको रिपोर्टमा नेपाल

शम्भु श्रेष्ठ । हाम्रा नेताहरु भन्छन्– संविधान निर्माणपछि बनेको सरकारसँग दुईतिहाइको बहुमत छ । यसले छ÷छ महिनामा सरकार फेरिने र राजनीतिक अस्थिरता निम्त्याउने खतरा टरेको छ । अब राजनीतिक मुद्दा समाप्त भयो, हामी अब आर्थिक समृद्धितर्फ लाग्नुपर्छ । प्रत्येक प्रदेशमा एउटा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनुपर्छ । प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गरिनु पर्छ । प्रत्येक वर्ष एक हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्छ । पाँच वर्षभित्र नेपाललाई … विस्तृत समाचार

राजनीतिमा इमान्दारिताको प्रश्न

शम्भु श्रेष्ठ । संविधान निर्माणमा जुन जटिलता थियो, त्यो भन्दा जटिल परिस्थिति त्यसको कार्यान्वयनमा देखिँदैछ । संविधान बनाउन एकजुट भएका प्रमुख राजनीतिक दलहरु त्यसको कार्यान्वयनमा पक्ष विपक्षमा उभिदा समस्या उत्पन्न भएको हो । यस्तै समस्या उन्पन्न होला भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारको खाका कोरेका थिए । तर, त्यसलाई तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लत्याउँदा कांग्रेसको यस्तो हविगत बन्न पुगेको हो । संविधान… विस्तृत समाचार

​मनन गर्नुपर्ने कुरा

शम्भु श्रेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको सात महिना पुग्दैछ । यो सात महिनाभित्र मौलिक हकसम्बन्धी कानूनहरु संसद्बाट पास भइसकेको छ । यसबाहेक प्रधानमन्त्रीले भारत, चीन, अमेरिका र कोष्टारिकाको भ्रमण गरेका छन् । यसलाई नै ठूलो उपलब्धि मान्ने हो भने भन्नु केही छैन । होइन, यो सँगसँगै बाटोघाटोदेखि लिएर जनताका अन्य समस्याहरु पनि सम्बोधन गर्दै गएको भए राम्रो हुने थियो ।… विस्तृत समाचार

​यसपाली त मनै फाट्यो...

शम्भु श्रेष्ठ  । ०४६ सालको संयुक्त जनआन्दोलनका सर्वोच्च कमाण्डर थिए– नेपाली कांग्रेसका नेता गणेशमान सिंह । त्यो आन्दोलनको तयारी उनकै पहलमा चाक्सीबारीबाट शुरु भएको थियो । आन्दोलन सफल भएपछि देशमा तीस वर्षे निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भयो र बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो । राजा वीरेन्द्रले विभिन्न दलका नेतालाई भेटघाटका लागि नारायणहिटी  दरबारमा बोलाए । संयुक्त जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे । त्यो… विस्तृत समाचार

​राजनीतिभित्रको राजनीति

शम्भु श्रेष्ठ । आफू अनुकूल वातावरण बनाउन विदेशीको मुख ताक्ने संस्कार हामीमा अझै छुटेको छैन । मुखले जतिनै स्वतन्त्र, सार्वभौम भन्ने शब्द घोके पनि व्यवहारमा दास मानसिकता झल्कन्छ । आफ्नो फाइदा जताबाट हुन्छ, त्यतै ढल्कने चरित्रले देश अगाडि बढ्न सक्दैन । देशलाई अगाडि बढाउन  सबैभन्दा पहिला जनताको मन जित्नुपर्छ । नेपाली जनताले नेकपालाई झण्डै दुईतिहाइको हाराहारीमा पु¥याए । शान्ति, सुशासन र आर्थिक समृद्धि नेपाली जनताको… विस्तृत समाचार

​संविधानले ‘विद्रोह’ जन्माउन सक्छ

शम्भु श्रेष्ठ । चौथो संविधान दिवस मनायौं । संविधानका बारेमा विभिन्न गुलिया भाषणमा रमायौं । संविधानसभाबाट जारी भएको यो संविधानलाई एकथरिले उत्कृष्ट संविधान भनिरहेका छन् । अर्काथरि संविधान दिवसलाई ‘कालो दिवस’भनिरहेका छन् । उत्कृष्ट र कालो भन्ने दुवै सरकारमा छन् । लोकतान्त्रिक व्यवस्था भनेको संसारकै सबैभन्दा खत्तम व्यवस्था हो भनिन्छ । तर, यो भन्दा अर्को उत्तम व्यवस्था नभएकोले लोकतान्त्रिक व्यवस्थालाई नै राम्रो भन्नुपरेको छ । संविधान… विस्तृत समाचार

​कामकुरो एकातिर...

शम्भु श्रेष्ठ । देशमा नेकपाको दुईतिहाइको सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो सरकारको नेतृत्व गरिरहेका छन् । दृष्टि साप्ताहिक भूमिगत माले पार्टीको मुखपत्र थियो । विगतदेखि अहिलेसम्म दृष्टिले नेकपाकै विचार, सिद्धान्त बोकेको छ । यसर्थ, दृष्टि मिशन पत्रकारिताबाट अगाडि बढेको एउटा जिम्मेवार सञ्चार माध्यम हो । दृष्टिको मिशन ओलीलाई पार्टी अध्यक्ष बनाउनेदेखि प्रधानमन्त्री बनाउनेसम्मको यात्रामा समर्पित थियो । तर, अहिले आफ्नै पार्टीको सरकार… विस्तृत समाचार

​जुन जोगी आए पनि...

शम्भु श्रेष्ठ । देशकै दुर्भाग्य भन्नु पर्ला, सर्वोच्च अदालतका प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा नियुक्त गर्नुपर्ने व्यक्ति स्वच्छ छवि र निष्कलंक भेट्टाउन मुस्किल भयो । गोपाल पराजुलीमाथि पनि अनेकौं आरोप लाग्यो र प्रधानन्यायाधीशबाट राजीनामा दिएर हिंड्नुपर्ने बाध्यता उनीमाथि आइलाग्यो । त्यसपछि न्यायपरिषद्ले वरिष्ठ भनेर प्रधानन्यायाधीशमा सिफारिश गरेका दीपकराज जोशीको हालत पनि हात्ती छि¥यो पुच्छर अड्कियो जस्तो भयो । जोशीमाथि संसदीय सुनुवाइ समितिले अनेकौं आरोप लगायो र… विस्तृत समाचार

​पश्चिम सेतीको गहिराइ

शम्भु श्रेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई ‘सुखी नेपाली, समृद्ध  नेपाल’को सपना देखाइरहँदा पश्चिम सेती जलविद्युत आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेको छ । पश्चिम सेती आयोजनाबाट चिनियाँ कम्पनीले हात झिक्नुको बाहिरी कारण सतहमा  आए पनि भित्री कारण भने अर्कै छ । भारतीय नाकाबन्दीका कारण नेपाल र नेपालीको जनजीवन अस्तव्यस्त बन्दा प्रधानमन्त्री  ओलीले चीनसँग दश बुँदे सहमति गरेका थिए । त्यही सहमतिले… विस्तृत समाचार

​राष्ट्रपतिको सकारात्मक कदम

शम्भु श्रेष्ठ । मानिसलाई सकारात्मक कुराले भन्दा नकारात्मक कुराले चाँडो ध्यान तान्छ । अहिले ‘सामाजिक सञ्जाल’ नकारात्मकतातिर बढी केन्द्रित भएको देखिन्छ । यो राम्रो कुरा होइन । एउटा सकारात्मक सन्देशले धेरैको मन जित्न सकिन्छ भने, नकारात्मक कुराले धेरैको मन मस्तिष्क खल्बलिन सक्छ । त्यसैले मिडियाको विश्वसनीयतालाई कमजोर बनाउँछ । मिडियाको बल भनेकै प्रबुद्ध पाठकको विश्वास हो । त्यो विश्वास जित्न मिडियाकर्मीहरुले एउटा बौद्धिक पाठकको भन्दा… विस्तृत समाचार