जलस्रोत

ग्लोबल आइएमई बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेसनल लाइफ इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका थिए ।  सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका १ सय ३१ वटै शाखामार्फत नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजनाहरू खरिद गर्नुका साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू छिटो–छरितो एवं भरपर्दो… विस्तृत समाचार

​‘पोखरी हाइड्रो पावर कम्पनी’मा गोलमाल

काठमाडौं । सभा खोला जल विद्युत आयोजनाको निर्माणधिन ‘पोखरी हाइड्रो पावर कम्पनी प्रालि’ विवादित बनेको छ । कम्पनीको संस्थापक पक्षलाई जानकारी नगरी वर्तमान सञ्चालक समितिले मनोमानी सेयर बाँडफाड गरिएपछि विवादमा आएको हो । १५.१ मेगावाटको उक्त जल विद्युत आयोजनाका संस्थापक अध्यक्ष पदमबहादुर तामाङ हुन् । तर, तामाङ पछिका अध्यक्ष पासाङ शेर्पाले संस्थापनलाई जानकारी नदिइ सञ्चालक समिति हेरफेर गर्दै कम्पनीमाथि अनियमितता गरेका छन् । शेर्पाले पछिल्लो… विस्तृत समाचार

​७० मेगावाटको पुरा क्षमतामा चल्यो मध्यमस्र्याङ्दी जलविद्युत केन्द्र

लमजुङ  । नदीमा पानीको बहाव बढेपछि मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रमा  पुरा क्षमतामा चलेको छ । केन्द्रमा पानीको सतह बढेपछि ७० मेगावाट क्षमताको सो केन्द्रबाट पुरा क्षमतामा विद्युत् उत्पादन भएको हो । मस्र्याङ्दी नदीमा पानीको बहाव बढेपछि केहीदिनयता औसत प्रतिदिन ७१ मेगावाटसम्म विद्युत उत्पादन भैरहेको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रका केन्द्र प्रमुख पशुपतीराज गौतमले बताए । यसअघि मध्य हिउँदका बेला लामो समयसम्म खडेरी हुँदा खोलामा पानीको बहाब घटेपछि ७०… विस्तृत समाचार

​दरौँदी–१ जलविद्युत्मा जनता बैंकको अगुवाईमा कुमारी र सेन्चुरी बैंकले लगानी

काठमाडौं । कालिका गु्रपअन्तर्गतको डायमन्ड हाइड्रोपावर प्रालिले प्रवद्र्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत् आयोजनाका लागि १ अर्ब ३४ करोड ८० लाख रुपैयाँको वित्तीय व्यवस्थापन भएको छ । गोर्खा जिल्लामा निर्माण हुन लागेको दरौँदी १ जलविद्युत् आयोजनामा जनता बैंकको अगुवाईमा कुमारी बैंक र सेन्चुरी बैंकले लगानी गर्ने भएका छन् । तीन बैंकले आयोजनाको कुल लागतको ७० प्रतिशत लगानी गर्ने भएका हुन् ।… विस्तृत समाचार

​रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशन कार्य भिवोर क्यापिटललाई हस्तान्तरण

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ । उक्त कार्यको लागि रैराङ हाइड्रोपार डेभलपमेन्ट कम्पनी र भिवोर क्यापिटल बिच बिहीबार आज  सम्झौता भएको हो । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तर्फबाट सो कम्पनीका कार्यकारी संचालन  गुरुप्रसाद न्यौपाने र  भिवोर क्यापिटल लिमिटेडका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीबिक्रम थापाले हस्ताक्षर गर्नुभएको छ । ट्रेड टावर थापाथलीको… विस्तृत समाचार

​बुटवल पावर कम्पनीको २० प्रतिशत लाभांश

काठमाडौैं । बुटवल पावर कम्पनीको २५औँ वार्षिक साधारणसभाले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांश आव ०७३÷७४ को खुद मुनाफाबाट दिइन लागेको हो । साधारणसभामा नयाँ सेयर निष्कासनपश्चात् सर्वसाधारण सेयरधनीको सेयरको अनुपातअनुसार सर्वसाधारण सेयरधनीका तर्फबाट दुईजना सञ्चालकको प्रतिनिधित्व हुने गरी कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्तावसमेत पारित भएको छ ।  कम्पनीले हालै आफ्नो चिनियाँ साझेदार कम्पनीसँगको संयुक्त लगानीमा मनाङ… विस्तृत समाचार

वर्षमानको गर्जन

काठमाडौं, १ जेठ । उर्जा तथा सिंचाई मन्त्रालयले गत साताको मंगलवार सार्वजनिक गरेको स्वेतपत्रमा बुढिगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय उल्टाउदै टेण्डर प्रक्रियामा जाने उल्लेख छ । स्वेतपत्र सार्वजनिक गर्दै मन्त्री पुनले चिनियाँ कम्पनीलाई दिइसकिएको उक्त आयोजना सरकारले किन टेण्डर आह्वान गर्ने भन्ने प्रष्ट पार्न चाहेनन् । उनले भने, ‘तपाईहरु अब आफै कुरा बुझ्नुस्, सरकारले टेण्डर आह्वान गर्छ । अहिले यत्ति मात्रै भन्न चाहन्छु ।’ आम… विस्तृत समाचार

​औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य

नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको लोडडसेडिङ आइतबारदेखि हटाएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको हो । यससँगै १७ वर्षअघिदेखि सुरु भएको लोडसेडिङ अन्त्य भएको छ । गत चैत्र महिनामा प्राधिकरणको भार सम्प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन… विस्तृत समाचार

​साहस ऊर्जाको शेयर लगानीमा विवाद

काठमाडौं, १८ वैशाख । दैनिक २१ घण्टासम्म लोडसेडिङको समयमा उर्जा उत्पादन गर्ने भनेपछि जोसुकैले पत्याउने र शेयर लगानीको प्रस्तावलाई अस्वीकार गर्ने कुरै भएन । तर, त्यही मौकाको फाइदा उठाएर साहस उर्जा कम्पनीले सयौं सर्वसधारणबाट करोडौं रुपैयाँ शेयरमा गोलमाल गरेपछि लगानीकर्ताहरु डुब्ने हो कि ? भन्ने त्रासमा छन् । साहस उर्जा नेपालको उर्जा क्षेत्रमा सबैभन्दा विवादित नाम हो । यस कम्पनीले ८६ मेगावाटको उर्जा उत्पादनको अनुमति… विस्तृत समाचार

​तल्लो सेतीको प्रारम्भिक सर्भे सकियो

तनहुँ, १० वैशाख । तनहुँ जलविद्युत् आयोजनाको क्यास्केडमा निर्माण हुन लागेको तल्लो सेती जलविद्युत् आयोजनाको प्रारम्भिक सर्भेको काम सकिएको छ । प्रारम्भिक सर्भे सकिएसँगै तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने पनि पक्का भएको छ । अब तत्काल सर्भेको काम थालनी हुने र आयोजनाको अध्ययन तथा डिजाइनका लागि अन्तर्राष्ट्रिय परामर्शदाताबाट प्रस्ताव आह्वान गरिएको आयोजनाले जनाएको छ । तनहुँ जलविद्युत् आयोजनाभन्दा २० किलोमिटर तल निर्माण हुने उक्त… विस्तृत समाचार