घुससहित रंगेहात इन्जिनियर पक्राउ

दृष्टि न्यूज

जाजरकोट । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव घुसहित पक्राउ परेका छन् । सेवाग्राहीबाट ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । 
उनलाई सोमबार बिहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् ।

Related News