​ठमेल र कालिमाटीमा गुन्डागर्दी गर्ने २ पक्राउ

दृष्टि न्यूज

काठमाडौं, २० असार। 
प्रहरीले राजधानीमा टोले गुन्डाविरुद्ध कारबाही बढाएको छ। ठमेल र दरबारमार्ग क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा प्रहरीले मंगलबार एक युवकलाई पक्राउ गरेको छ। 
होटल, डिस्को तथा रेस्टुरेन्टमा धम्काएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गले रामेछाप तिनथुङग घर भएका विमल लुंगेली मगरलाई पक्राउ गरेको हो। 
सोमबार बेलुका उनलाई दरबारमार्गको किंग्स लाउन्जबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए। 
केही दिन अघि प्रहरीले गुन्डागर्दीको आरोपमा कालिमाटीबाट राजन भुजेललाई पक्राउ गरेको थियो। 

Related News