​फेरी डुब्दा २९ को मृत्यु, ३१ यात्रु बेपत्ता

दृष्टि न्यूज

जकार्ता, (एएफपी) । इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने ३१ जना अझै हराइरहेका जनाइएको छ । उक्त फेरिमा १४० जना यात्रु रहेका बताइएको छ । 
सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मंगलबार साँझ उक्त यात्रुवाहक फेरी दुर्घटनामा परेको थियो । सो सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्पm पर्छ । जाभा यहाँको धेरै जनसंख्या भएको टापूमध्ये पर्छ । जुन क्षेत्रमा प्राकृतिक प्रकोपका धेरै घटना हुने गरेका छन् । 
प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार उक्त फेरीमा १४० जना यात्रु रहेका र २९ जनाको शव प्राप्त भएको छ । अरु ३१ जना हराइरहेका छन् । बुधबार बिहानसम्म पनि हराएका यात्रु भेटिएका छैनन् । उनीहरुलाई जिवितै उद्धार गर्न सकिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरुले जनाएका छन् । 
ती अधिकारीहरुका अनुसार दुई हप्तामात्र अघि सुमात्रा टापूनजिकै भएको यस्तै अर्काे फेरि दुर्घटनामा १६० जना हराएका थिए । उनीहरुमध्ये केहीको मात्र उद्धार भएको थियो । 

Related News