अवैध शिशु हत्या अभियोगमा जन्मकैद

दृष्टि न्यूज

जाजरकोट । अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । 
जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदको सजाय सुनाएको हो । 
शिव व्यावसायिक मावि, कालेगाउँमा कृषि विषयको जेटिए अध्ययन गर्नका लागि भेरी नगरपालिका–१ रावतगाउँमा उनी बस्दै आएकी थिइन् । प्रहरीका अनुसार डेरामा बस्ने क्रममा अवैधरुपमा गर्भवती भएकी उनले गत वैशाख २६ गते बच्चा जन्माएकी थिइन् । पुनले उक्त बच्चाको हत्या गरेर प्लाष्टिकको थैलोमा पोको पारेर भेरी नदीमा फालिदिएकी थिइन् । घटनालगत्तै सवितालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान थालिएको थियो । 

Related News