​सभामुख महरा ल्हासातिर, आजै तिब्बत सरकार प्रमुखसँग भेट्दै

दृष्टि न्यूज

काठमाडौं । संघीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा शुक्रबार ल्हासा प्रस्थान गरेका छन् । उनी आजै ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।
त्यस्तै सभामुख महराले आज नै तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ । 
सभामुखले ल्हासामा रहँदा त्यहाँस्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास गर्नुका साथै ल्हासाबाटै रसुवागढी र तातोपानीस्थित मितेरी पुलको उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा सभामुख महराले ‘ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’को बैठकलाई सम्बोधन गर्ने उनको कार्यक्रम छ ।
सभामुखको भ्रमण टोलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शान्तिमाया तामाङ पाख्रिन, नेपाली कांग्रेसका रङमति शाही, संघीय समाजवादी फोरमका उमाशंकर अरबरिया, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एकवल मियाँ र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी छन् । 

Related News