​शुक्रबारदेखि प्रहरीका १० उच्च अधिकारीले अवकाश पाउँदै, एआइजी बढुवा कात्तिकमा

दृष्टि न्यूज

काठमाडौं, २८ असार। 
नेपाल प्रहरीका ८ डिआइजीसहित १० जना उच्च अधिकारीले  शनिबारदेखि  अनिवार्य अवकाश पाउने भएका छन्। प्रहरीमा प्रशासनतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)का सबै पद रिक्त रहँदा बढुवाका प्रतिस्पर्धी रहेका प्रहरी नायब महानिरीक्षक(डिआइजी)हरुले समेत बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका हुन्। 
प्रहरीका रिक्त ३ एआइजी पदमा बढुवा लागि पवन खरेल, उत्तम कार्की, ज्ञानबिक्रम शाह, छविलाल जोशी र शरद चन्द पनि प्रतिस्पर्धामा थिए। ३० वर्षे सेवाहदका कारण उनीहरुले अवकाश पाउन लागेका हुन्।  
उनीहरुले बढुवामा भएको ढिलाई बारे सामूहिक रुपमा प्रहरी महानिरीक्षकदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आफुहरुको दुःखेसो राखेका थिए।   
उनीहरुसँग अन्य तीन डिआइजी र २ एसएसपीले बुधबारदेखि अनिवार्य अवकाश पाउँदैछन्। डिआइजीहरु श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्मा तथा एसएसपीहरु मोहनराज जोशी र सुन तस्करी प्रकरणमा जेलमा रहेका श्याम खत्री पनि अवकाश पाउन लागेका हुन्। 
उनीहरुको अवकाशपछि एआइजीका तीन पदको बढुवामा ५ डिआइजीबीच प्रतिस्पर्धा हुने भएको छ। जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेशबिक्रम शाहबीच प्रतिस्पर्धा हुनेछ । 
उता प्रहरीमा एआइजीको बढुवामा कात्तिकमा मात्र हुने भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि ३ महिना कार्यसम्पादन मूल्याङकनको अवधि हुन्छ। त्यसपछि मात्र बढुवा हुन्छ। 
प्रहरीमा वर्षाैदेखि रोकिएको बढुवा आफुले रातारात गरेको भनेर फुर्ती लगाएका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले एआइजी बढुवामा भने चासो दिएका छैनन्। 

Related News