​स्पेनको मैड्रिडमा नेपाली दूताबासले सेवा दिन शुरु गरेपछि पोर्चुगलका नेपालीबासीलाई सहज

कृष्ण पौडेल

पोर्चुगल । मैड्रिडस्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ । 
पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने थियो । तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सबै सेवा दिन सुरु गरेपछि सजिलो भएको छ । 
पेरिसको नेपाली दूतावासले यसअघि फान्स, पोर्चुगल, ग्रिस र स्पेनमा बसोबास गर्ने नेपालीलाई सेवा सुविधा दिँदै आएको थियो । तर स्पेन र पोर्चुगलका नेपालीबासीले पेरिस धाउनु नपर्ने भएको हो ।         
मड्रीडस्थित नेपाली दुतावास स्पेनले कार्यालय स्थापना गरी गत बैशाख १९ गते बिहीवारदेखि  पासपोर्ट बनाउने लगायत सबै सेवा दिन सुरु गरेको थियो । मड्रीडमा नेपाली दूतावासले आफ्ना कर्मचारी बाहेक कागजबिहीन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो पीडित महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गरेको थियो ।  
नेपाली दुतावास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ । स्पेनका लागि नेपाली राजदुत भरतबहादुर रायमाझीले  कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरेका छन् ।  

Related News