यसरी जल्यो २४ मेगावाटको त्रिशुली जलविद्युत गृह

दृष्टि न्यूज

काठमाडौ । 
नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा नुवाकोटमा रहेको त्रिशूली जलविद्युत केन्द्र (जडित क्षमता २४ मेगावाट)को विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा मंगलबार दिउसो करिब साढे एक बजे आगलागी भएको छ । सुरक्षाकर्मी, विद्युत गृहका कर्मचारी, स्थानीय बासिन्दा लगायतको करिव साढे एक घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा लिइएको नेपाल विद्युत प्राधिरकणले जनाएको छ । आगलागीबाट विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएका छ ।


आगलागीपछि त्रिशूली जलविद्युत केन्द्र र त्यसको क्यासकेटकारुपमा रहेको देवीघाट जलविद्युत केन्द्र (जडित क्षमता १५मेगावाट)बाट करिब ३८ मेगावाट विद्युत उत्पादन विच्छेद भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । 
‘आगलागीबाट भएको क्षतिको यकिन र मर्मतसंभार तत्काल सुरु गर्न प्राविधिक टोली परिचालन गरिसकेका छौं ।’ प्रबक्ता अधिकारीले बताए । प्राधिकरणले विद्युत गृहमा आगलागीपछि विद्युत आपूर्ति बन्द भएका नुवाकोटका विभिन्न स्थानमा वैकल्पिक व्यवस्था गरी बुधबार १२बजेसम्म विद्युत आपूर्ति सुचारु गर्ने भएको छ । यसका लागि ६६÷११ केभीको ट्रान्सफर्मर राखी विद्युत आपूर्ति सुचारु गर्न लागेको प्राधिकरणले जनाएको छ । नुवाकोटमा १३ वटा फिडरमार्फत विद्युत् आपूर्ति भइरहेकोमा विद्युत गृहमा अगलागीका कारण ७ वटा बन्द छन् । ६ वटा फिडर मात्रै सञ्चालनमा छन् । 

Related News