‘जबराले न्यायपालिकामा विकृति भित्र्याए’ « Drishti News – Nepalese News Portal
Logo

‘जबराले न्यायपालिकामा विकृति भित्र्याए’


दृष्टि संवाददाता


काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायापालिकामा विकृति अझै मोलाउन खोजेको आरोप लगाएका छन् ।

प्रधानन्यायाधीस जबराले आजको पेसीमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसीमा चढाउनुका साथै आफ्नै लागि पनि इजलास तोकेपछि अध्यक्ष श्रेष्ठले आफूहरू शान्तिपूर्ण आन्दोलनकै पक्षमा रहेको तर प्रधानन्यायाधीश जबराले भने न्यायपालिकामा विकृति अझै मौलाउन खोजेको आरोप लगाएका हुन् ।

‘यो स्थितिले के देखाउँछ भने तिमीहरूले भनेर हुँदैन । मैले सिध्याउँछु भनेको हो’ उनले भने, ‘यो अवस्थामा सेवाग्राही र नागरिक समाज उत्रिन्छ । यो वस्थामा उहाँको कदम दर्दनाक बन्छ ।’

यस्तै उनले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दासहित पेसी तोक्नु निभ्न लागेको बत्ती जस्तै भएको बताए । ‘यो ठाउँबाट उहाँ हट्नुपर्छ । हट्नुहुन्छ । केही दिन निभ्न लागेको बत्ती जसरी बल्छ नि त्यही ढंगबाट गर्न खोजेको हुनसक्छ,’ अध्यक्ष श्रेष्ठले भने ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्