प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्नेहरु पक्राउ « Drishti News – Nepalese News Portal
Logo

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्नेहरु पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानन्यायाधीशको पक्षमा तारा बरालगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए । वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो । अटेर गरेपछि उनीहरूलाई त्यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्