प्रदेश प्रमुख अधिकारी बर्खास्त, खापुङ नियुक्त « Drishti News – Nepalese News Portal
Logo

प्रदेश प्रमुख अधिकारी बर्खास्त, खापुङ नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । सरकारले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘प्यासी’लाई बर्खास्त गर्दै उनको स्थानमा पर्शुराम खापुङलाई नियुक्त गर्न सिफारिस गरेको हो । खापुङ जनता समाजवादी पार्टीका नेता तथा पुर्व सांसद हुन् ।

त्यस्तै सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरू पनि परिवर्तन गरेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।

कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका तिलक परियार यसअघि प्रदेश २ को प्रमुख थिए । माओवादी केन्द्र निकट उनलाई यसअघि केपी ओली सरकारले बर्खास्त गरेको थियो ।

सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन् । नयाँ प्रदेश प्रमुखहरूलाई राष्ट्रपतिले नियुक्त गरेपछि सपथग्रहण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्