अरुण नदीमा पक्की पुल बन्छ : मुख्यमन्त्री राई « Drishti News – Nepalese News Portal
Logo

अरुण नदीमा पक्की पुल बन्छ : मुख्यमन्त्री राई


दृष्टि संवाददाता


किमाथाङ्का । प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन् ।

सङ्खुवासभाको तुम्लिङटारमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास दिलाउँदै राईले भने ‘अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरवसीले निकै सास्ती भइरहेको छ । सङ्घीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद हो । ’ अब यस्ले पुर्णता पाउँछ ।

उनले अघिल्लो सरकारले थालेका राम्रो कामलाई पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्