नेपाली सीमामा भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन « Drishti News – Nepalese News Portal
Logo

नेपाली सीमामा भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट संयुक्त जनवर्गीय संगठनहरूले नेपाली सीमामा भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन गरेका छन् ।

भारतीय सुरक्षाकर्मीले नेपालको सुस्तामा हस्तक्षेप गरेको भन्दै मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेको हो । प्रर्दशनमा सहभागीहरुले भारतीय हस्तक्षेप मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद , जनमत संग्रहको घोषणा गर लगाएतका प्लेकार्ड सहित नारावाजी गरेका थिए ।

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाफौज (एसएसबी) तैनाथ गरिएको र उनीहरुले ड्रोन उडाउन नेपाल प्रवेश गरेको भन्दै आपत्ती जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्