समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीको संयोजकमा विनोद परियार « Drishti News – Nepalese News Portal
Logo

समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीको संयोजकमा विनोद परियार


दृष्टि संवाददाता


रुपन्देही । समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीको संयोजकमा विनोद परियार चयन भएका छन् । सोमवार बुटवलमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको बैठकले रुपन्देहीको संयोजकमा विनोद परियारलाई चयन गरेको हो ।

जसको सह–संयोजकमा शकंर पाण्डे र उषा किरण पन्थ रहेका छन् भने सचिव पुनहरि बेल्वासे सहसचिव कृष्ण रणपाल रहेको १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

एकीकृत समाजवादी रुपन्देहीका प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षतामा वसेको वैठकमा पाटीका केन्द्रिय सदस्य, रुपन्देही इन्चार्ज तथा सगंठनका वरिष्ठ सस्थापक नेता वालकृष्ण चाँपागाईको प्रमुख आथित्यता रहेको थियो ।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सह–इन्चार्ज शिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश सदस्य श्रीराम यादव, रुपन्देही जिल्ला सचिव अविराम विक, समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास वन्जाडे, संयोजक शिव सुवेदी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्