बाङ्गलादेशका पूर्व प्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय « Drishti News – Nepalese News Portal
Logo

बाङ्गलादेशका पूर्व प्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय


दृष्टि संवाददाता


एजेन्सी । बाङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई ११ वर्षको जेल सजाय सुनाएको छ ।

मंगलबार राजधानी ढाकास्थित विशेष अदालतले ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उनलाई ११ वर्षको जेल सजाय सुनाएको हो । न्यायाधीश शेख नजमुल आलमले उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

अदालतले पूर्व प्रधानन्यायाधीश सिन्हा र अन्य सात जनाले नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स ब्याङ्क भनिने हाल पद्मा नाम रहेको ब्याङ्कबाट चार करोड टाका रकम हिनामिना गरेकाे ठहर गरेको छ । उक्त रकम सिन्हाको बैङ्क खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको थियो।

पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हासहित ११ जना अभियुक्तमध्ये ८ जनालाई फरक(फरक सजाय सुनाइएको छ । बाँकी दुई आरोपीलाई भने रिहा गरिएको छ ।

सन् २०१६ मा एसके सिन्हा छुट्टीमा विदेश गएर त्यतैबाट राजीनामा पठाएका थिए । पहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने उनी पछि क्यानडा सरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्