प्रधानन्यायाधीश पैसा र आर्थिक विचलनमा लिप्त छन् : अभिवक्ता थापा « Drishti News – Nepalese News Portal
Logo

प्रधानन्यायाधीश पैसा र आर्थिक विचलनमा लिप्त छन् : अभिवक्ता थापा


दृष्टि संवाददाता


काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पैसा र आर्थिक विचलनमा लिप्त भएको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा संवैधानिक कानुन व्यवसायी मञ्चले गरेको कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश आर्थिक विचलनमा लिप्त भएको आरोप लगाएका हुन् ।

वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार पनि गर्ने गरेको भन्दै प्रधानन्यायाधीशले भ्रष्टाचार रोक्ने भन्दा पनि उनी आफै भ्रष्टाचारमा संलग्न हुने गरेको बताए । उनले प्रधानन्यायाधीश जबराले कतै पनि न्यायाधीशको जस्तै चरित्र नदेखाएको पनि बताए ।

थापाले प्रधानन्यायाधीश जबराले पुनरावलोकनमा पनि बार्गेनिङ गर्ने गरेको आरोप लगाए । थापाले भने, ‘उहाँको बेन्चमा परेकोमा कसैलाई विश्वास नै छैन यो के हो भन्ने कुरा, मेरो पक्षले मिलायो कि तेरो पक्षले मिलायो । यस्तो पनि न्यायाधीश हुन्छ ?’

उनले जबरालाई हठ गरेर नबसी तुरुन्तै राजीनामा दिन पनि सुझाव दिए । उनले भने, ‘यो हठ र लठमा धेरै के के हिसाब मिलाउनु छ भनेर नबस्नुस्, कुनै मुद्दा मामिलामा केही छ भने पनि छोडिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस्