
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार रेणु दाहालले २७ हजार मत कटाएकी छन् ।
शनिबार बिहानको मतपरिणाम अनुसार उनले २७ हजार ७८ मत ल्याएकी हुन् । निकटतम् प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन् ।
रेनु र विजयको मतान्तर ५ हजार १८ छ । भरतपुरको ६० हजार ६ सय १२ मत गणना भइसकेको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत ल्याएका छन् ।
उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीकै अग्रता छ । उनले २९ हजार १ सय ३२ मत पाउँदा प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १७ हजार १ सय ६६ मत ल्याइन् ।