Logo
Logo

कैलालीको लम्कीचुहा मेयर र उपमेयरमा महिला



काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवारहरु निर्वाचित भएका छन् ।

मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका हुन् ।

कांग्रेसकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरी मेयर पद जित्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत पाए ।

उपमेयरमा एमालेका जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका जानकीकुमारी सिंहले ८ हजार ३०८ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्