
काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका नागेश कोइराला विजयी भएका छन् ।
एमालेका सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोइराला निर्वाचित भएका हुन् । उनले ३० हजार १७० मत पाउँदा थापाले २१ हजार ४५५ मत पाए ।
विराटनगरको उपमेयरमा भने नेकपा एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् । उनले गठबन्धनका अमरेन्द्र यादवलाई ११ हजार ४६१ को भारी मतान्तरले पछि पार्दैै विजयी भएकी हुन् ।
यादवले १४ हजार २१९ मत ल्याए भने कार्कीले २५ हजार ६८० मत ल्याएकी छन् । विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेको थियो ।
१९ वटा वडा रहेको विराटनगरमा नेकपा एमालेले ९, नेपाली काँग्रेसले ६, जसपाले २, राप्रपाले १ र स्वतन्त्रले एउटा वडाको नेतृत्व जितेको छ ।