
काठमाडौं । इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ सांसदमा दर्ता भएको छ ।
पछिल्लो ९ दिनमा सरकारले दुईपटक मूल्य वृछि गरेपछि जनजीवनमा ठूलो प्रभाव परेको भन्दै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन् । मूल्य बृद्धिबारे छलफल गर्न आवश्यक ६ तर्कसहित प्रस्ताव दर्ता गरिएको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक र यज्ञराज सुनुवार, गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाका दुर्गा पौडेल समर्थक रहेको छ ।
संदमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता भइरहेको बेला एमाले संवद्ध युवा संगठनले देशभर मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ ।