गीता मारिइन्, न्याय नमार « Drishti News – Nepalese News Portal
Logo

गीता मारिइन्, न्याय नमार


- शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

‘छोरीको हत्या भएको घटनापछि गीताकी आमाले आँखाको ज्योति गुमाइन् । शारीरिक र मानसिकरुपमा उनी कमजोर हुँदै गएकी छिन् । चौबीसै घण्टा मैले उनको स्याहार, सुसार गर्नुपर्छ । जीवन, हाम्रा लागि केवल एउटा परीक्षा मात्र भएको छ ।’

यो भनाइ गीताका बुवा हरेराम ढकालको हो । गीतालाई हामीले आफ्नै छोरी सम्झने हो भने, कुनै पनि छोरीको बुवाले आफ्नो छोरीको विभत्स हत्या गरेका व्यक्तिलाई अदालतले ससम्मान रिहा गरेको घटना सहन सक्दैन । गीता मारिन्, न्याय नमरोस् भनेर अहिले सडक तातीरहेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीमाथि महाअभियोग लगाउनु पर्ने दबाब बढिरहेको छ ।

शम्भु श्रेष्ठ

न्याय सेवामा प्रवेश गरेदेखि नै बदनाम व्यक्तिको रुपमा चिनिएका राणालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिन हुन्न भनेर तत्कालीन एमाले र माओवादीका सांसदहरुले संसदीय सुनुवाइमा उनीविरुद्ध मत जाहेर गरेका थिए । तर, दुर्भाग्य एमाले र माओवादी पार्टी मिलेर बनेको नेकपाको सरकारले तिनै अनुहारलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गर्न के कुराले बाध्य बनायो भन्ने कुरा अब पनि खोजिएन भने, राणाको हातबाट व्यवस्थामाथि नै खतरा उत्पन्न हुने दिन कुर्न अब धेरै दिन लाग्ने छैन ।

देशमा दुईतिहाइको कम्युनिष्ट सरकार छ । संविधानको संरक्षकका रुपमा विद्यादेवी भण्डारी राष्ट्रपति छिन् । यस्तो बेला अदालतबाट एउटा हत्यारा ससम्मान छुट्नु भनेको न्याय मर्नु बराबर हो । जुन देशमा न्याय मर्छ, त्यो देशमा कानूनी राज्य केवल हात्तीको देखाउने दाँत मात्र हुन्छ । जनताको बलिदानबाट देशमा यति ठूलो राजनीतिक परिवर्तन भयो । तर, त्यो परिवर्तनले न्यायालयलाई सुधार्न सकेको रहेनछ भन्ने कुराको यो एउटा ज्वलन्त उदाहरण हो । जनतालाई न्याय दिने न्यायाधीशबाटै भएको यो ‘अपराध’ विरुद्ध कुनै पनि राजनीतिक दल र नागरिक समाज हातमा दही जमाएर बस्न मिल्दैन ।

लोकतन्त्रको रक्षा, कानूनी शासनको अवधारणालाई बलियो बनाउने हो भने, कानून हातमा लिएर कानूनकै हत्या गर्ने ‘अपराधी’माथि महाअभियोग लगाइनुपर्छ । लोकतन्त्रकै लागि १४ वर्ष जेल जीवन बिताएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि मुख बन्द गरेर बसे भने लोकतान्त्रिक शासन व्यवस्थामाथि नै जनताले प्रश्न उठाउने छन् । विगतमा नमिता, सुनिता हत्याकाण्ड हुँदा देश नै हल्लिएको थियो । त्यही जगमा अन्ततः पञ्चायती निरंकुश व्यवस्था जनताले ढालेको इतिहास साक्षी छ । तर, दुर्भाग्य पञ्चायत ढले पनि पञ्चायतले हुर्काएका श्रीमान्हरुको न्यायालय प्रवेशले आज गीताको आत्माले शान्ति पाउन सकेको छैन ।

रञ्जन कोइराला कति क्रूर अपराधी हो भन्ने कुरा गीताको हत्या र त्यसपछि उनको शरीरलाई टुक्राटुक्रा पारेर पालुङको जंगलमा लगेर आगो लगाइदिएबाट स्पष्ट हुन्छ । धन्य, त्यहाँका जनता जागरुक रहेछन् । गीताको शव जलाइसकेपछि स्थानीयको सहयोगले गीताका पति कोइराला पक्राउ परे । नभए, यो घटना तै चुप मै चुप हुन्थ्यो । किनभने कोइराला सशस्त्र प्रहरीका बहालवाला डिआइजी थिए । त्यही पावरले उनी उम्कन सक्थे । जे होस्, जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । तर, सर्वोच्च अदालतले कैद सजाय घटाउने फैसला गरेर कानूनी राज्यको धज्जी उडाएका छन् ।

न्याय सेवामा प्रवेश गरेदेखि नै बदनाम व्यक्तिको रुपमा चिनिएका राणालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिन हुन्न भनेर तत्कालीन एमाले र माओवादीका सांसदहरुले संसदीय सुनुवाइमा उनीविरुद्ध मत जाहेर गरेका थिए । तर, दुर्भाग्य एमाले र माओवादी पार्टी मिलेर बनेको नेकपाको सरकारले तिनै अनुहारलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गर्न के कुराले बाध्य बनायो भन्ने कुरा अब पनि खोजिएन भने, राणाको हातबाट व्यवस्थामाथि नै खतरा उत्पन्न हुने दिन कुर्न अब धेरै दिन लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्