नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापालाई अख्तियार पठाइयो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा रहेका थापाले सफाइ पाएका थिए । उनले सफाइ पाए पनि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले उपस्थित गराइदिनु भनेकाले अख्तियार पठाइएको सुन्धारा कारागारका प्रशासक कृष्ण चापागाईंले बताए ।