वास्तविक जनप्रदर्शन २३ गते हेर्न ओलीको प्रचण्ड-माधवलाई ओलीको सुझाव
- दृष्टि न्युज/संवाददाता
माघ ९, २०७७ शुक्रबार
काठमाडौं,९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव समूहलाई वास्तविक शक्ति प्रदर्शन देखाउने बताएका छन् । आज (शुक्रवार) काठमाडौंमा प्रचण्ड–माधव समूहले गरेको शक्ति प्रदर्शनलाई सामान्य प्रदर्शनको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले वास्तविक जनप्रदर्शन २३ गते देखाउने बताएका हुन् ।
बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’ उनले भने, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’
प्रचण्ड– माधवलाई हिन्दी फिल्मको पात्र मुंगेरीलालसँग तुलना गर्दै प्रधानमन्त्रीले दुई नेताले आफ्नो र परिवारको बाहेक अरुको बारेमा कहिल्यै नसोचेको आरोप समेत लगाए । ओलीले कार्यकर्तालाई ‘मुंगेरीलालके हँसिन सपने’ नामको पूरानो हिन्दी फिल्म युट्युवमा खोजेर हेर्न र प्रचण्ड माधवसँग तुलना गर्न सुझाव दिए ।
प्रतिनिधिसभा पुनःस्थापनाको प्रावधान संविधानमा नरहेको भन्दै प्रचण्ड माधवले चाहदैमा त्यसो नहुने बताए । उनले संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिन समेत चेतावनी दिए ।