दृष्टिका १० हेडलाइन्स् : नेकपाको शक्ति प्रदर्शनदेखि चन्द्रागिरीको आईपीओ बाँडफाँडसम्म « Drishti News – Nepalese News Portal
Logo

दृष्टिका १० हेडलाइन्स् : नेकपाको शक्ति प्रदर्शनदेखि चन्द्रागिरीको आईपीओ बाँडफाँडसम्म


- दृष्टि न्युज/संवाददाता


दृष्टिका १० हेडलाइन्स् : नेकपाको शक्ति प्रदर्शनदेखि चन्द्रागिरीको आईपीओ बाँडफाँडसम्म


- दृष्टि न्युज/संवाददाता


हेडलाइन्स्

१. प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आज पनि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा सकियो, बहस गर्ने समय सीमा फेरि निर्धारण, ३४ वकिलको बहस बल्ल सकियो ।

२. नेकपाको काठमाडौंमा विशाल शक्ति प्रदर्शन, प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याउने प्रचण्डको उद्घोष, प्रधानमन्त्री केपी ओलीको कदमलाई सही ठह¥याए शान्ति प्रक्रिया ‘डिरेल’ हुने चेतावनी ।

३. वास्तविक जनशक्ति प्रदर्शन माघ २३ गते देखाउने प्रधानमन्त्री केपी शर्मा ओलीको दावी, संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिन प्रचण्ड–माधव समूहलाई चेतावनी ।

४. नेपालमा माघ १४ बाट कोरोना भाइरस विरुद्धको भारतले पठाएको खोप लगाउन सुरु गरिने, नेपाल कोरोना नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको सरकारको दावी ।

५. प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सर्वोच्चमा जारी, निर्वाचन आयोग भने निर्वाचनको तयारीमा, गाउँगाउँमा मतदाता नामावली अद्यावधिक गर्ने क्रम सुरु ।

६. वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश, मत विभाजन प्रक्रियालाई लिएर नेकपाका ओली र दाहाल–नेपाल समूहबीच विवाद ।

७. आजबाट ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुल्यो, कोट सिस्टम हट्यो, सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षा दिन जानुपर्ने यातायात व्यवस्था कार्यालयको भनाइ ।

८.चन्द्रागिरीको आईपीओ बाँडफाँड, १ लाख ३९ हजार ६ सय २ जनाले पाए १० कित्ताका दरले कम्पनीको शेयर, १० लाख ७१ हजार ५ सय १३ जनाको हात खाली ।

९.प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटमा वागमतीको लगातार तेस्रो जीत, प्रदेश १ को सान्त्वना, राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिसको पहिलो जित , बिग ब्यास लिगमा पर्थविरुद्ध सन्दीप लामिछानेले लिए दुई विकेट ।

१०. र, अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा फेरि कार्यकारी आदेश जारी, कोरोना भाइरसको न्युनिकरणमा केन्द्रित गर्दै अमेरिका जानेको कोरोना परीक्षण अनिवार्य गरियो ।

प्रतिक्रिया दिनुहोस्