‘देखे सन्ततीले, छलेको कहानी’ « Drishti News – Nepalese News Portal
Logo

‘देखे सन्ततीले, छलेको कहानी’


दृष्टि संवाददाता


काठमाडौं, ४ फागुन । गायक निशान भट्टराईको स्वरमा ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक भएको छ । टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको संगीत र अमोस तामाङको एरेञ्ज रहेको गीतको भिडियोमा बुहारीले बृद्धाआश्रमबाट घरमा फिर्ता लेराएको देखाइएको छ ।
यो गीत ‘प्रिती’ एल्वममा समावेश छ । यस गीतको भिडियोलाई दिनेशराज शर्माले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम केसी नेपाल, टिका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी निर्मला चौलागाई, प्रतिक नेपाललगायतको अभिनय गर्नुभएको छ ।
झापाको कोटीहोम दोमुखा माईधार आसपासमा छायाँकन गरिएको भिडियोमा सन्तोष रानामगरको छायाँकन तथा सम्पादन छ । गीतको भिडियोमा नगेन धिमालको ड्रोन र कृष्ण सुवेदीको शृँगार छ भने पब्लिसिटी डिजाइन प्रेम शर्माको छ ।

 

प्रतिक्रिया दिनुहोस्