Logo

पूर्वमन्त्री विक्रम पाण्डे र प्रधानमन्त्री ओलीबीच साँठगाँठ


दृष्टि संवाददाता


काठमाडौं, ४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ अर्ब १३ करोड ७५ लाख रुपैयाँ बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको मुद्दाको सुनुवाई अन्तिम चरणमा छ । तर, पनि राप्रपा नेता तथा पूर्वमन्त्री बिक्रम पाण्डेलाई आजभोलि ठूलो चिन्ता देखिदैन ।

पाण्डेको चितवनमा राम्रो पकड छ । पछिल्लो निर्वाचनमा उनी प्रचण्डसँग पराजित भएका थिए । प्रचण्डलाई हराउन ओलीले उनलाई भित्राउन खोजेको स्रोत बताउँछ । प्रधानमन्त्रीसँग निकटता बढ्नु र उनको मुद्दा सुनुवाई हुनु एकैपटक हुन लागेको छ ।

सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार भएको दाबीसहित उनीविरुद्ध दुई वर्षअघि अख्तियारले मुद्दा दायर गरेको थियो । कमसल सामान प्रयोग गरेका कारण निर्माणकार्यलगत्तै भत्किएको थियो । सोही आधारमा कर्मचारी र ठेकदार पाण्डेविरुद्ध मुद्दा दायर भएको थियो ।

यो मुद्दामा पाण्डे चार करोड रुपैयाँ धरौटी तिरेर छुटेका थिए । अहिले केही दिनयता बिशेष अदालतमा यो मुद्दाको दैनिक सुनुवाई भइरहेको छ । स्रोतका अनुसार यही हप्ता फैसला आउने सम्भावना छ । यो भन्दा पुराना मुद्दा बिशेषमा भएपनि यसलाई प्राथमिकता दिइएको छ ।

मुद्दा टुंगिएलगत्तै उनी केपी ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारी गरेको स्रोत बताउँछ । त्यसका लागि ओलीँसग पटक पटक भेटिसकेका छन् ।

पाण्डेको चितवनमा राम्रो पकड छ । पछिल्लो निर्वाचनमा उनी प्रचण्डसँग पराजित भएका थिए । प्रचण्डलाई हराउन ओलीले उनलाई भित्राउन खोजेको स्रोत बताउँछ । प्रधानमन्त्रीसँग निकटता बढ्नु र उनको मुद्दा सुनुवाई हुनु एकैपटक हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
molmac.p3.gov.np