Logo

गैँडा मृत फेला


दृष्टि संवाददाता



चितवन, ४ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एक गैँडा मृत फेला परेको छ ।

नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गिद्धेनी पोष्ट नजिक मृत गैँडा फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिव ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको छ ।

गैँडाको खाग भने सुरक्षित रहेको अधिकारीले बताए ।

गैँडा बुढो भएर मरेको अनुमान गरिएको छ ।

निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् ।

तीमध्ये चार वटा चोरी शिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणबाट मरेका हुन् ।

पछिल्लो गणनाअनुसार नेपालमा ६ सय ५ गैँडा छन् तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ गैँडा छन् । यस वर्ष गैँडाको गणना गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्