Logo
Logo

जनस्वास्थ्य अधिकृत १ लाख घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग जनचेतनामूलक सामग्रीहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरी भुक्तानी गरे पश्चात कमिसन बापत घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिगएको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।

घुसबापतको रकम लिइसकेको अवस्थामा बबरमहलस्थित बन विभागको परिसरबाट उक्त रकमसहित गुप्तालाई रङ्गेहात नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्