Logo
Logo

भिडियोमा अञ्जु पन्त र अभिनयको ‘मायाको सुरुवात’


567
Shares

काठमाडौं । गायिका अञ्जु पन्त र अभिनय यादवको युगल स्वर रहेको ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई आकर्षकरुपमा प्रस्तुत गरिएको गीतको भिडियोमा प्रेमका सुनौला पलहरुलाई समेटिएको छ । गीतमा रबिमानशिंह बस्यालको शब्द तथा टिका बोम्जनको संगीत रहेको छ ।

साहस शाक्यको संगीत संयोजनमा रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारीको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ । गीतको भिडियोमा लोकप्रिय मोडल तथा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्