Logo
Logo

सांसदहरुको शपथअघि संसद भवनमा सर्वदलीय बैठक


1.3k
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधिसभाका सांसदहरुको शपथ ग्रहणअघि सर्वदलीय बैठक बसेको हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको बैठकमा संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी भएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका २७४ सांसदलाई ज्येष्ठ सदस्य जवराले सपथ ग्रहण गराएपछि सांसदहरुको सम्मानमा चियापन कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्