Logo
Logo

वर्षमान पुन र जनार्दन शर्मा फेरि भिड्दै, दुवैको दावी उपनेता


3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसदीय दल नेता चयन गर्दैछ । दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निश्चित जस्तै छन् किनकि पार्टीमा उनलाई काउन्टर दिने अन्य नेता छैनन् ।

आज बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अपरान्ह ४ बजे बस्ने बैठकले माओवादी केन्द्रले दलको नेता र उपनेता चयन गर्न लागेको हो ।

दलको नेतामा अध्यक्ष प्रचण्ड सर्वसम्मत चयन हुने पक्का पक्की भइसकेको छ । तर, दलको उपनेताका लागि भने पार्टीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् । उनीहरुले उपनेता बनाउन अध्यक्ष प्रचण्डसँग माग गरिरहेको एक नेताले बताए ।

यसअघि नेकपा माओवादीको गत वर्षको राष्ट्रिय महाधिवेशनमा पनि वर्षमान र जनार्दन महासचिवका दाबेदार थिए । तर, पार्टीले गुरूङलाई महासचिव बनाएको थियो भने पुन र शर्मालाई उपमहासचिव बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्