Logo
Logo

सीके राउतविरुद्ध राजविराजमा प्रदर्शन, शपथ बदरको माग


12.2k
Shares

सप्तरी । सप्तरीको राजविराजमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतविरुद्ध प्रदर्शन भएको छ ।

राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला परिषद् र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका छन् ।

संसद् सचिवालयले राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ ।

राउतले मधेसी भाषा भनेर संसद् सचिवालयमा दर्ता गराएको निवेदन नै संविधानविरीत भएको उनीहरूको दाबी छ ।

राउत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनकै क्षेत्रमा उनीविरुद्ध प्रदर्शन भएको हो ।

प्रतिक्रिया दिनुहोस्