Logo
Logo

प्रकाशमानले प्रचण्डसँग भने- यसपटक प्रधामन्त्रीको दावी नगर्नुस्


5.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यसपटक प्रधानमन्त्री दावी नगर्न आग्रह गरेका छन् । शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर सिंहले यस्तो आग्रह गरेका हुन् ।

भेटका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलका क्रममा नेता सिंहले कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बनाउन सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको सिंहको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएकाले देउवाकै नेतृत्वमा नयाँ सरकार बन्नपर्ने नेता सिंहको भनाइ थियो । जवाफमा प्रचण्डले अहिले कांग्रेस नेतृत्वमा सरकार रहेकोले अब बन्ने सरकार माओवादीको नेतृत्वमा बन्नुपर्ने बताएको सिंहको सचिवालय स्रोतले जनाएको छ ।

प्रचण्डसँग कुराकानी गरेलगत्तै सिंह बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका छन् । प्रचण्डसँग भएका कुराकानीबारे सिंहले देउवालाई ब्रिफिङ गरेको पनि नेता सिंहको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्