Logo
Logo

प्रज्ञा गजल महोत्सव-२०८० सम्पन्न  



काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा गजल महोत्सव–२०८०’ आयोजना गरेको छ ।  प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर प्रज्ञा गजल महोत्सवको उद्घाटन गरेका हुन् । 

उनले कवि र  गजलकारले आफ्नैविरुद्ध उभिएर पनि सिर्जना गर्ने बताए ।  कवि र गजलकार प्रायः भ्रष्ट हुँदैन भन्ने धारणा राख्दै महोत्सवमा सहभागी  गजलकारलाई  प्रमाणपत्र प्रदान गरेका थिए । 

यसैगरी गरी  प्रज्ञाप्रतिष्ठानका  सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गजल महोत्सवलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउने बताए ।

प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले गजलले साहित्यिक विधामा बृहत्रूप धारण गरिसकेका  छन् । यस विधाको खोज अनुसन्धान हुनुपर्नेमा जोड दिएका थिए । 

समालोचक प्रभाती किरणले वर्तमान नेपाली गजल’ शीर्षकको  कार्यपत्र प्रस्तुत गरेका थिए भने गजलकार करुण थापाले त्यसमा टिप्पणी गरेका थिए । 

 महोत्सवमा  नेपाली भाषामा शान्ति शर्मा, रूपक वनवासी, गणेशबाबु अधिकारी, दिलकुमारी मगर, विद्यानिर्दोष पहाडी, सागर रिमाल, ललिजन रावल, रवि प्राञ्जल , प्रा डा सनतकुमार वस्ती, डा. देवी पन्थी, रामबहादुर पहाडी, माधव खतिवडा, ज्ञानु विद्रोही, राधा कँडेल, विपिन मर्म, अर्पणा आपागाई, सुशीला श्रेष्ठ, सिद्धनारायण आचार्य, मुक्त उदास, अन्जान यात्री, आँचलकुमार शर्मा र सुशीला शर्माले गजल वाचन गरेका थिए । 

यसै गरी लिम्बू भाषामा स्वप्निल स्मृति, मैथिलीमा धीरेन्द्र प्रेमर्षि, तामाङमा ईश्वर थोकर , नेपाल भाषामा रामगोपाल आशुतोष, अछामीमा सागर रिमाल, उर्दुमा  इम्तियाज बफालगायतले गजल वाचन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्