Logo
Logo

प्रवीण खतिवडाको ‘अकथ्य’ सार्वजनिक



काठमाडौं । रंगकर्मी प्रवीण खतिवडाको कथासंग्रह ‘अकथ्य’ सार्वजनिक गरिएको छ । यो उनको पहिलो कथाकृति हो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार सगुना शाह, कलाकार सौगात मल्ल र खतिवडाले कृति लोकार्पण गरे । यो कृतिमा खतिवडाका नौ कथा समावेश छ ।

कार्यक्रममा सिके लालले खतिवडाले आँसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको र पाठकलाई सोच्न र यथास्थितिमाथि प्रश्न गर्न बाध्य पार्ने खालको भएको टिप्पणी गरे ।

साहित्यकार सगुना शाहले कृतिभित्रका कथाहरू गम्भीर र गहन भएको चर्चा गरे । कलाकार सौगात मल्लले खतिवडासँग रंगमञ्चदेखि चलचित्रसम्म आफ्नो सहकार्य हुँदै आएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्